मुस्ताङको लेतेमा भन्सार छलीका अवैंध सामान प्रहरीद्वारा बरामद

मुस्ताङमा कोरलानाका हुँदै भन्सार छली गरी पोखरातर्फ लैजादै गरेको अवस्थामा प्रहरीले अवैंध सामान बरामद गरेको छ । मुस्ताङको थासाङ गाउँपालिका—३ स्थित ईलाका प्रहरी कार्यालय लेतेले सवारी साधनको नियमित चेकजाँच गर्ने क्रममा बुधबार दिउँसो दुई बजे चार लाख ३५ हजार ८०० मुल्य बराबरको अवैंध सामान बरामद गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार (नेपाल—चीन) उत्तरी कोरलानाका हुँदै भन्सार छलेर पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१—०११ च ०८९८ नम्बरको महेन्द्र बलेरो जीपलाई खानतलासी गर्दा अवैंध सामान फेला परेको हो । भन्सार छली गरी ल्याईएका सामानहरुको भन्सार प्रज्ञापन पत्र र आवश्यक कागजात नभएकाले नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक महतले उल्लेख गर्नुभयो ।

 कोरलानाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको अवैंध सामान बोकेको गाडी , चालक र धनीलाई सामानसहित प्रहरीले नियन्त्रणमा लिएको बताउँनुभयो ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङले अवैंध सामान बोकेको गाडी,चालक र धनीलाई आवश्यक कारवाहीका लागि सामानसहित  मुस्ताङ भन्सार कार्यालयलाई जिम्मा लगाएको बताएको छ ।  प्रहरीले बरामद गरेका सामानहरुमा जुत्ता चप्पल, जिन्स पाईन्ट,टाउजर र टिसर्ट लगायतका सामान रहेको छ ।

अवैंध सामान बरामद सम्वन्धी अनुसन्धानका लागि चालक र सामान ल्याउने धनीको नाम गोप्य राखिएको प्रहरी निरीक्षक महतले बताउँनुभयो ,


प्रतिक्रिया