विद्यार्थीहरुलाई सैन्य अभ्यासका साथै असर नागरिक बन्ने प्रशिक्षण दिदै
जोमसोम—मुस्ताङमा राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयद्वारा संञ्चालित सि.स. ५० औं जुनियर डिभिजन (एनसिसी) तालिम दिईएको छ । मुस्ताङको जोमसोम स्थित नारायण दल गणको समन्वयमा मुस्ताङको जनहित माध्यमिक विद्यालयका ३४ जना विद्यार्थीहरुलाई ७९ दिनको (एनसिसी) तालिम दिईएको हो ।
मुस्ताङको जनहित माध्यमिक विद्यालयलाई नारायण दल गण जोमसोमले विद्यार्थीहरुलाई (एनसिसी) तालिम दिन सिफारिस गरेको थियो । विद्यालय र गणको सहमतिमा जनहित माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १८ छात्र र १८ छात्रा गरी ३६ जना विद्यार्थी छनौट गरी गत असार १४ गतेदेखि एनसिसी तालिम अभ्यास सुरु गरिएको थियो । तालिम कार्तिक ३० गते समापन भएको नारायण दल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटुवालले जानकारी दिए ।
नेपाल सेना अन्तर्गत राष्ट्रिय सेवा दल (एनसिसी) तालिम अभ्यासमा विभिन्न क्रियाकलाप सहितको तालिम अभ्यास गराएको हो । छनौटमा परेका कुल ३६ विद्यार्थी मध्ये घरायसी समस्याका कारण २ जनाले तालिम लिन पाएनन् । नारायण दल गणको समन्वयमा मुस्ताङमा संञ्चालित सि.स. ५० औ जुनियर डिभिजन छात्र÷छात्रा एनसिसी तालिममा कुल ३४ जना विद्यार्थीले ७९ दिनको तालिम सफलतापूर्वक पुरा गरेको प्रमुख सेनानी कटुवालको भनाई छ ।
राष्ट्रिय सेवा दल (एनसिसी) तालिम अभ्यासमा सैन्य अभ्यास,नेतृत्व विकास,शभ्य अनुसान,राष्ट्र प्रेमको भावना जागृत गराउने, व्यक्तित्व तथा नेतृत्व विकास,समय व्यवस्थापन, सहयोगी भावना पैदा गर्ने र आत्मविश्वाश जगाउने लगायतका क्रियाकलाप गरी तालिम अभ्यास प्रदान गरिएको हो ।
मुस्ताङको जनहित माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई एनसिसी तालिम अन्तर्गत ड्रिल ,खुकुरी ड्रिल, तेक्वान्दो, एरोविक्स, व्यक्तित्वकला,स्याण्ड मोडल ब्रिफ्रिङ, फुटबल,भलिबल,दौड र सांस्कृतिक नाच लगायतका सिकाई अभ्यास गराइएको हो । तालिमका लागि गणको समन्वयमा जम राजु मानन्धर र हु धनबहादुर राउतले एनसिसी प्रशिक्षण दिएका थिए ।
मुस्ताङमा ७९ दिनसम्म चलेको एनसिसी तालिममा शाखा विद्यार्थीहरुलाई नवलपरासीको बर्दीबासको क्याम्पमा लगेर २१ दिनको तालिम दिईने जनाईएको छ । त्यहाँको तालिमका लागि छात्रा ÷छात्रा आवासको समेत व्यवस्था गरिएको छ । बर्दीबासको क्याम्पमा हुने तालिममा भलिबल,फुटबल, स्याण्ड मोडल बिफ्रिङ लगायतका विविध गतिविधिका क्रियाकलापमा सहभागी गराईने छ ।
विभिन्न जिल्लाका विद्यालयबाट आएका विद्यार्थीहरुलाई एनसिसी २१ दिने तालिमपछि स्याण्ड मोडल बिफ्रिङमा पहिलो हुने विद्यार्थीलाई विदेश जान पाउँछन् । यस्तै, तालिम अन्तर्गत व्यक्तित्व कलामा पहिलो हुनेले पनि विदेश जान पाउने अवस्था रहन्छ ।
७९ दिनको एनसिसी तालिम पुरा गरेकी जनहित कक्षा ९ की छात्रा सोनाम शेर्पाले गुरुहरुबाट सैन्य अभ्यासका साथै असल नागरिक बन्ने प्रेरणा मिलेको बताईन । तालिम अवधिमा कतिपय अभ्यास निकै गारो हुने गरेको कतिपय कुराहरु अनुशासित र स्वालम्वन बन्ने शिक्षा प्राप्त भएको उनले उल्लेख गरिन् ।
यस्तै तालिममा सहभागी जनहितका छात्र अनुज पटेलले भित्री ईच्छ्या शक्ति बोकेर काम गर्दा हरेक चिज सहज हुने बताए । तालिममा गारो अप्ठ्यारो र रमाईलो अनुभुती भएको उनले सुनाए । उनले विद्यालय शिक्षाका अलावा एनसिसी तालिमबाट भविष्यमा थप अवसर प्रदान हुने आत्मविश्वास पलाएको बताए ।
मुस्ताङमा हिउँदयाममा अत्यधिक चिसोका कारण विद्यालयहरु बन्द हुने र तालिमपछिको लगत्तै वार्षिक परीक्षा संञ्चालन हुने भएकै कारण विद्यालय बिदापछि मात्रै शाखाका विद्यार्थी क्याडेटलाई नवलपरासीको क्याम्पमा लैजाने तयारी गरिएको छ ।
शाखा तालिम सकिएको र विद्यालयको परीक्षा तयारी चलिरहेकाले क्याम्पमा नगर्ईन्जेलसम्म एनसिसी तालिमका प्रशिक्षार्थीहरुलाई प्रशिक्षकहरुले समय मिलाएर तालिम दिने गरिएको छ ।