जोमसोम ।
नवलपुर विनयत्रिवेणी गाउँपालिका—४ सर्दि टाँडीकी नेकपा (एमाले) निकट अनेमसंघ पालिका कमिटी अध्यक्ष ४७ वर्षीय कोगोमा पौडेल (सावित्री) हत्याको भत्र्सना गर्दै यहाँ स्थित अखिल नेपाल महिला संघ मुस्ताङले सोमबार विज्ञप्ति मार्फत घटनाप्रति खेद व्यक्त गरेको छ ।
अनेमसंघ मुस्ताङकी कार्यवाहक अध्यक्ष सम्झना रानाद्वारा जारी प्रेस विज्ञप्तिमा अनेमसंघ नवलपुर विनयत्रिवेणी गाउँपालिका—४ स्थित पालिका कमिटी अध्यक्ष सावित्रीको गत ३० साउनमा आफ्नै पति महेन्द्र पौडेलद्वारा छुरा प्रहार गरी विभत्स हत्या गरिएको र उक्त घटनाको घोर भत्र्सना गर्दै प्रेस विज्ञप्ति जारी गरिएको अनेमसंघकी मुस्ताङ ईञ्चार्ज शर्मिला गुरुङले जानकारी दिनुभयो ।
खेतमा काम गरिरहेको अवस्थामा पतिद्वारा पत्नीको हत्या हुनु दुर्भाग्यपूर्ण भएको भन्दै यहाँ अनेमसंघ मुस्ताङले प्रेस विज्ञप्ति मार्फत दोषी उपर कडा कारवाहीको माग गरिएको छ । महिला मुक्ति आन्दोलनका एक अभियान्ता,सयौं महिलाहरुलाई न्याय दिन सफल व्यक्ति, महिला हिंसा विरुद्धको एक महिला योद्धाको दर्दनाक तवरबाट हत्या हुनु विडम्बनापूर्ण भएको प्रेस विज्ञप्तिमा भनीएको छ ।
अनेमसंघले जारी विज्ञप्तिमा अझै पनि समाजमा महिला सुरक्षित नभएको र समाजमा क्रुर र ज्यादतीको संस्कार,संस्कृति र मनोवृद्धि विद्यमान रहेको यसप्रकारको घटनाले पुष्टि गरेको उल्लेख गरिएको छ ।
‘यसप्रकारको महिला माथिको निन्दनीय घटनाप्रति संघको गम्भिर ध्यानाकर्षण भएको र दोषी उपरक कडा भन्दा कडा कानुनी सजायको माग गर्दछौं— विज्ञप्तिमा भनीएको छ ।’
यहाँ स्थित अनेमसंघ मुस्ताङले संगठनकी जुझारु सदस्य गोमा पौडेलप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
अनेमसंघ मुस्ताङी कार्यवाहक अध्यक्ष सम्झना थकालीको अध्यक्षतामा बसेको कार्यक्रममा अनेमसंघ मुस्ताङ ईञ्चार्ज,स्थायी कमिटी सदस्य तथा केन्द्रिय सदस्य शर्मिला गुरुङ, अनेमसंघकी केन्द्रिय सदस्य एवं पत्रकार महासंघ मुस्ताङ अध्यक्ष सुनदेवी रसाईली,अनेमसंघ सदस्य बिन्दु नेपाली माझकोटी,प्रेस चौतारी मुस्ताङ अध्यक्ष हिक्मत नेपाली र पत्रकार महासंघ मुस्ताङकी कोषाध्यक्ष तृष्णा गौचन शेरचन लगायतको उपस्थिती रहेको थियो ।

पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता