आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा ८ राजनीतिक पार्टीले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । जिल्ला अदालत मुस्ताङ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा माघ ६ गते (आज) बिहान ११ बजेदेखि सुरु भएको उम्मेदवार मनोनयपत्र दर्ता कार्यक्रम साँझ ६ बजेसम्म चलेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस ,नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा),राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, आम जनता पार्टी र मंगोलियन नेशनल अर्गानाईजेसन पार्टीका उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य पदका लागि हुने उम्मेदवार मनोनयपत्र दर्ता कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पौडेलको भनाई छ ।
प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारीका लागि नेकपा एमाले पहिलो उम्मेदवारी दर्ता गराएको हो । यहाँ एमालेका उम्मेदवार ईन्द्रधारा ढाडु बिष्टले पहिलो उम्मेदवारी मनोनयन पत्र दर्ता गर्नुभएको हो ।
यसैगरी नेपाली कांग्रेसका तर्फमा पूर्व प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली,नेपाल कम्युनिष्ट पार्टीकातर्फतबाट ङुटुक गुरुङ (टाईगर),राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन,राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितीय चन्द्र थकाली,उज्यालो नेपाल पार्टीबाट डा. सुरेन्द्र शेरचन, आम जनता पार्टीबाटबाट अजय बि.क. र मंगोल नेशनल अर्गानाईजेशन पार्टीबाट यम बहादुर गुरुङले उम्मेदवार मनोनयपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८ राजनीतिक पार्टीले उम्मेदवारी दर्ता गराउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमला लालचनको मात्रै एक मात्र महिला उम्मेदवारी परेको हो । राप्रपा मुस्ताङ जिल्ला उपाध्यक्ष समेत रहनु भएका लालचनल यसअघि २०७९ को स्थानीय तह निर्वाचनम घरपझोङ गाउँपालिकाको उपाध्यक्ष पदमा पराजित हुनु भएको थियो । उम्मेदवारी दिनेमा बाँकी सबै पुरुष उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न आउँदा नेपाली कांग्रेस, नेकपा (एमाले),नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको झन्डा र ब्यानरसहित मनोनय पत्र दर्ता गर्न उपस्थित भएका थिए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, आम जनता पार्टी र मंगोल नेशनल अर्गानाईजेसन पार्टीले उम्मेवारसहित प्रस्तावक र समर्थक लिएर मनोनय पत्र दर्ता कार्यक्रममा सरिक भएका थिए ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा मुख्य निर्वाचन अधिकृतसहित ९ जना कर्मचारीको व्यवस्था गरिएको छ । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार यहाँ सहायक निर्वाचन अधिकृत १, सहायक कर्मचारी १, कम्युटर अपरेटर १,लेखापाल १, पिएसओ १, कार्यालय सहयोगी २ र सवारी चालक १ गरी ९ जना कर्मचारी खटिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली