मुस्ताङ र डोल्पाको सीमाना छार्का भेरोलको हिउँमा फसेका दुई नेपाली पर्यटकको बिहिबार बिहान सकुशल हेलि उद्दार गरिएको छ ।जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा ईन्द्र बक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाईनोष्टिक हेलि मार्फत पर्वतका मनिष जीसी र म्याग्दीका सन्तोष कुवरको सकुशल उद्दार गरिएको हो ।
गत कार्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणका लागि गएका उनीहरु पहिलोदिन मुस्ताङ वारागुङ मुक्तिक्षेत्र—५ साङ्ता गाउँमा बाँस बसेका थिए । त्यसपछि त्यहाँको साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको भ्रमणका लागि उपल्लो डोल्पाको छार्का पुगेका थिए । प्रतिकुुल मौसम र भारी हिमपातका कारण उपल्लो डोल्पाको छार्कामा रोकिएका पर्वतका जीसी र म्याग्दीका कुवर लगातर छ दिनसम्ममै उपल्लो डोल्पाको छार्कामै रोकिएका थिए । उपल्लो डोल्पाको भ्रमण निस्किएका उनीहरु भारी हिमपातका कारण छार्कामै रोकिन पुगेका थिए । हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाईमा रहेका उनीहरु कार्तिक १६ गते हिमापात रोकिएपछि भेरोलबाट मुस्ताङ फर्किने क्रममा थिए ।
उपल्लो डोल्पाको छार्काबाट एक जना स्थानीय निर्माण व्यवसायी विकास रोकायासंगसंगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए । दुई जना पर्यटकसंगै आएका उनी निर्माण व्यवसायी रोकाया मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलबाट छुट्टिएका थिए ।
तर , निर्माण व्यवसायी स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ आईपुगेपनि पर्वतका पर्यटक जीसी र म्याग्दीका कुवर समुन्द्री सतहको ५ हजार मिटर उचाईको छार्का भेरोलमै भारी हिमपातका कारण पदमार्ग पहिचान गर्न नसक्दा चारदिनसम्म उक्त स्थानमा अलपत्र परेका थिए । उपल्लो डोल्पाका निर्माण व्यवसायी रोकायाले सेटलाईट फोन मार्फत मुस्ताङ र डोल्पाको सिमानामा दुई पर्यटक अलपत्र परेको स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमाना भेरोलमा फसेका दुई नेपाली पर्यटकहरुको पाँचौदिनमा सकुशल हेलि उद्दार गरिएको जानकारी दिनुभयो । प्रजिअ भुसालले नेपाली सेनाको ईन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका उनीहरुको हेलि मार्फत सकुशल उद्दार गरिएको बताउँनुभयो ।
यसैगरी डोल्पाका स्थानीय निर्माण व्यवसायी विकास रोकायाले मुस्ताङ —डोल्पा सिमानामा तीन फिट बढी हिउँ जमेकाले चारदिनसम्म उनीहरु अलपत्र परेर बसेको बताउँनुभयो । हिमपातमा फसेर अलपत्र परेका उनीहरु अलपत्र परेपछि आफुले सम्वन्धित निकायमा खबर गरेको बताउँनुभयो ।
पर्वतका पर्यटक मनिष जीसीले उपल्लो डोल्पामा भारी हिमपात भएका कारण आफुहरु मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताउनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली