जोमसोम—मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ समरदेखि ध्याकर जाँदै गरेको ग १ त ४८०४ नम्बरको ट्याक्टर सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
वारागुङ मुक्तिक्षेत्र—३ को किटेन ध्याकर खोलामा ढुंगा लोड गरी ध्याकरणतर्फ जाँदै गर्दा चालकले सन्तुलन गुमाउन पुग्दा ट्याक्टर सडकमार्गदेखि ६० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए ।
दुर्घटनामा ट्याक्टरका चालक म्याग्दी जिल्ला धौलागिरि गाउँपालिका—४ बुडी घर भई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ तेताङ बस्ने २० वर्षीय सन्तोष बिक गम्भिर घाईते भएका थिए । उनको उपचारका क्रममा जोमसोम अस्पतालमा मृत्यु भएको सूचना अधिकारी प्रहरी निरीक्षक थापाले उल्लेख गर ।
दुर्घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता