जोमसोम—नेपाल—चीन उत्तरी कोरलानाकामा अस्थायी पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेशको अन्तराष्ट्रिय सीमानाका कोरला क्षेत्र (मुस्ताङ)मा सुरक्षा निकायका लागि भौतिक संरचना तथा उद्दार केन्द्र निर्माण गरिएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयद्वारा पूर्वाधार विकास कार्यालय मुस्ताङले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि विनियोजित ५० लाख बजेटबाट कोरलानाकामा सुरक्षाकर्मीका लागि ६ कोठे भौतिक संरचना तथा उद्दार केन्द्र निर्माण सम्पन्न भएको कार्यालय सूचना अधिकारी ईन्जिनीयर घनश्याम रोक्कामगरले जानकारी दिए ।
नेपाल—चीन कोरलानाका उपल्लो मुस्ताङका नागरिकहरुका लागि गत कार्तिक २७ गते औपचारिक रुपमा व्यापारिक कारोवार खुल्ला भएसंगै प्रदेश सरकारले कोरलानाकामा तत्कालका लागि अस्थायी पूर्वाधार निर्माण गर्न चाँसो दिएको हो । नाकाको दजगजा यता नेपालतर्फको खुल्ला पठार क्षेत्रमा सुरक्षा निकायका लागि भौतिक संरचना तथा उद्दार केन्द्र निर्माण गर्न पूर्वाधार विकास कार्यालय मुस्ताङले चालु वर्षको जेठ १३ गते ४० लाख २५ हजार लागतमा निमा निर्माण सेवा काठमान्डौंसंग ठेक्का सम्झौता गरेको थियो ।
कोरलानाकामा सुरक्षा निकायका लागि आपत्कालिन बासस्थान तथा उद्दार केन्द्र भवन निर्माण गर्न वातावरणमैत्री (प्रि—फाईप) एसवाई प्यानलको ६ कोठे भौतिक संरचना तयार भईसकेको कार्यालयका सूचना अधिकारी रोक्कामगरको भनाई छ ।
कोरलानाकामा सुरक्षा निकायलाई लक्षित गरी निर्माण गरिएको भुकम्प प्रतिरोधात्मक तथा वातावरणमैत्री ६ कोठे भवनमा किचन कोठा, बैठक हल र ४ वटा अफिस कोठा छन् । यसका अतिरिक्त त्यहाँ ट्वाईलेट र बाथरुम समेत निर्माण भएको सूचना अधिकारी रोक्कामगरले उल्लेख गरे ।
नाकामा अस्थायी भौतिक संरचना निर्माण भएसंगै सीमाक्षेत्रमा सुरक्षा गस्ती गर्ने क्रममा कुनै अप्ठ्यारो पर्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई व्यवस्थापन गर्न निकै सजिलो हुन बताईएको छ । यस्तै, कोरलानाका अवलोकनका लागि जाने आन्तिरिक पर्यटकका लागि पनि मौसम प्रतिकुल हुँदा ओत लाग्न सजिलो हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । नाकासम्म खानेपानीको स्रोत पू¥याउने लक्ष्य रहेको अध्यक्ष गुरुङले बताए । नेपाल विद्युत प्राधिकरणको सहयोगमा बिजुलीको ट्रान्समिसन लाईन पुगेको छ,उनले भने, अब टेलिकमको सहयोगमा मोबाईल टावर पनि राख्ने योजनामा छौं ।’
उत्तरी कोरलाक्षेत्रको आफ्नो तिब्बती भूमी लिजीमा चीन भन्सार,सुख्खाबन्दरगाह,ईमिग्रेसन र सुरक्षा पोष्ट लगायतका दर्जनौ ब्यापारिक प्रतिष्ठान भवन निर्माण गरिसकेको छ । चीनले कोरलानाकासम्म आफ्नो स्वामित्वमा पर्ने क्षेत्रमा दुई लेनको समृद्ध सडक तथा विद्युत र खानेपानी लगायतका सबै पूर्वाधार निर्माण गरेको छ । कोरलानाकाको चीनतर्फ ठुला ठुला भौतिक पूर्वाधार निर्माण भईसक्दा नेपालतर्फको क्षेत्र खुल्ला पठार खाली छ । यसअघि लोमान्थाङ गाउँपालिकाले नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)संगको समन्वयमा राष्ट्रिय झन्डा गाडेको थियो ।
कोरलानाका खुल्ला हुनु पूर्व चिनले नेपाल पक्षलाई सुरक्षा निकाय बस्न मिल्ने ५ थान प्रि—फाईप कन्टेनर दिएको थियो । नाकाको नेपालतर्फ भन्सार लगायतका भौतिक संरचना निर्माण गर्न १ हजार रोपनी जग्गा मुस्ताङ भन्सार कार्यालयको नामा लालपूर्जा प्राप्ति भईसकेको छ । तर, कोरलानाकामा ३ वर्षअघि दीर्घकालिन भौतिक संरचना निर्माण गर्न डीपीआर सर्वे गरिएको भएपनि त्यसको प्रतिवेदन सार्वजनिक भएको छैन । चीनले कोरलानाकामा नेपाल पक्षको भौतिक संरचना निर्माण गरिदिने प्रस्ताव गरेपनि सररकारले त्यसको निर्णय गर्न सकेको छैन ।
कोरलानाकाको दजगजा क्षेत्रको दक्षिण १६ किमी यता भन्सार कार्यालयको जीर्ण भवनमा सशस्त्र प्रहरीको (बिओपी),नेपाल प्रहरी र भन्सारका कर्मचारी बस्ने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता