जोमसोम—हिमाली क्षेत्रको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलु उपभोक्ताले निकै मन पराउँछन् । उसिनेर होस्
या तरकारीमा मिसाएर खान होस मुस्ताङी आलु उक्तिकै स्वादिलो र भरपर्दो हुन्छ । तराई
र पहाडी क्षेत्रमा उत्पादन हुँने आलु भन्दा हिमाली क्षेत्रमा उत्पादन हुँने आलु
प्रति सहरिया उपभोक्ताको डिमाण्ड बढी हुँने गर्छ ।
मुस्ताङका स्याउ खेती जस्तै
प्रमुख बालीको रुपमा रहेको परम्परागत आलु खेती यहाँका किसानको गतिलो आम्दानीको
श्रोत बनेको छ । मुस्ताङका किसानले स्याउ बगैचा भित्र अन्तरबालीको रुपमा आलु खेती
अपनाउँदै आईरहेका छन् । यसले स्याउ र आलु गरी दोहोरो आम्दानी लिईरहेका छन् ।
यद्यपी मुस्ताङका किसानले स्याउ बगैचा भित्र अन्तरबालीका रुपमा उवा,फापर,जौ र तरकारी खेती समेत गर्ने गरेको पाईएको छ
।
हिमाली जिल्ला मुस्ताङमा यस
वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
गतवर्ष मुस्ताङमा २१२ हेक्टर क्षेत्रफलमा
लगाइएको आलु खेतीबाट ९ हजार ६०३ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।तर,यसवर्ष ३१५ हेक्टर क्षेत्रफलमा लगाईएको आलु खेतीबाट ६ हजार ३६३ मेट्रिक
टन मात्र आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश
बस्ताकोटीले जानकारी दिए । यसवर्ष मौसम
अनुकुल नहुँदा आलु उत्पादन घटेको केन्द्र प्रमुख बस्ताकोटीले उल्लेख गरे । गत वर्ष
आलुका लागि उपयुक्त हावापानी भएको भएपनि यसवर्ष आलुको बोटको वृद्धि विकास हुने
बेलामा लगातार वर्षा भएको र यसले आलु खेतीमा डढुवा रोगको प्रकोप देखिदा उत्पादन
घटेको केन्द्र प्रमुख बस्ताकोटीको भनाई छ । उनले उपल्लो मुस्ताङमा तुषारोका कारण
आलु खेतीमा डढुवा रोग देखिएको बताए ।
आलु खेतीमा मौसम अनुकुल
नहुँदा डढुवा रोगको प्रकोप देखिने गर्छ । डढुवा रोग लाग्दा आलु बोटका पातहरु
सुक्दै र मदै जाने लक्षण देखिन्छ । आलु बोटको पातमा डढुवाको प्रकोप देखिदा आलुको
बोटले प्राप्त गर्ने कार्वर्नडाईअक्साईडको मात्रा उपलब्ध हुन सक्तैन । आलुको
विरुवाले आफुलाई चाहिने ईनर्जी प्राप्त गर्न नसक्दा आलु उत्पादन घट्नुको प्रमुख
कारण रहेको केन्द्र प्रमुख बस्ताकोटीले सुनाए ।
यसवर्ष गतवर्षको तुलनामा ३
हजार २४० मेट्रिक टन आलु उत्पादन घटेको हो । यो गतवर्षको तुलनामा ३५ प्रतिशतले आलु
उत्पादन घटेको हो । गत वर्ष मुस्ताङमा प्रति हेक्टर क्षेत्रफलमा ३० दशमलव ७८ मेट्रिक टन आलु उत्पादन भएको थियो
। यसवर्ष गतवर्ष भन्दा थप ३ हेक्टर क्षेत्रफल विस्तार भएपनि प्रति हेक्टर २० दमलव
२ मेट्रिक टन आलु उत्पादन भएको देखिन्छ । यहाँ औसत प्रति हेक्टर १० मेट्रिक टनले
आलु उत्पादनमा ह्रास आएको केन्द्र प्रमुख बस्ताकोटीले जनाए ।
यसवर्ष ६ हजार ३६३ मेट्रिक टन
आलु उत्पादन हुँदा औसत प्रति केजी ५० रुपैयाका दरले ३१ करोड ८१ लाखको आलु उत्पादन भएको छ । गतवर्ष मुस्ताङमा ९ हजार
६०३ मेट्रिक टन आलु उत्पादन हुँदा ४८ करोड १ लाख आम्दानी भएको केन्द्रको अनुमान छ
। मुस्ताङमा उत्पादित आलु औसत दुई तिहाई
जिल्ला बाहिर निर्यात हुने गरेको छ । एक तिहाई आलु जिल्लामानै खपत हुन्छ । यसरी
जिल्लामै खपत हुने आलु बिउँमा समेत प्रयोग गर्ने गरिएको छ ।
आलु खेतीमा उत्पादन घटेसंगै यहाँका किसान
चिन्तित बनेका छन् । जलवायु परिवर्तनका कारण मौसममा आएको फेरबदलका कारण कृषि
क्षेत्रमा नकारात्मक असर परेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले
उल्लेख गरे ।
मुस्ताङको तल्लो क्षेत्रमा
कार्डिनल अर्थात अगौटे जातको आलु र स्थानीय जातको आलु खेती गर्ने गरिएको छ । यो
जाँतको आलु छिटो ÷छरितो पाक्ने गर्छ ।तल्लो मुस्ताङमा फागुनमा
लगाएर असारमा थन्क्याउने गरिन्छ । यसैगरी स्थानीय जातको सेतो आलु मुस्ताङका ५ वटै
स्थानीय तहमा उत्पादन हुने कृषि ज्ञान केन्द्र मुस्ताङले बताएको छ । सतो आलु
मुस्ताङको सबैभन्दा बढी रुचाइएको आलु हो । स्थानीय सेतो जातको आलु तल्लो मुस्ताङमा
फागुनमा लगाएर भदौ महिनामा निकालिन्छ ।जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
देखि उपल्लो मुस्ताङसम्म स्थानीय सेतो जातको आलु चैत्र÷बैशाखमा लगाएर असोज÷कार्तिकमा आलु निकाल्ने गरिएको कृषि ज्ञान
केन्द्र मुस्ताङले बताएको छ ।
मुस्ताङमा आलु खेती उत्पादन
प्रर्वद्धन तथा विकास गर्न कृषि ज्ञान केन्द्र मुस्ताङले कृषक प्रोत्साहनका
कार्यक्रम समेत संञ्चालन गर्ने गरेको छ । केन्द्रले जिल्लाका किसानलाई थप नयाँ
जग्गामा आलु खेती गर्न चाहेमा अनुदान सहयोग दिने गरेको बताईएको छ । चालु वर्षको
कार्यक्रममा नयाँ आलु खेती विस्तार गर्न चाहने किसानलाई प्रति रोपनी आलु खेती
विस्तार गरेवापत ७ हजार ५ सय रुपैया प्रोत्साहन अनुदान दिने गरेको छ । यसैगरी आलु
खेतीमा देखिने विभिन्न रोग किरा नियन्त्रणका लागि विषादी समेतमा बजेट विनियोजन
भएको जनाएको छ ।
मुस्ताङका स्याउ खेती जस्तै प्रमुख बालीको रुपमा रहेको परम्परागत आलु खेती यहाँका किसानको गतिलो आम्दानीको श्रोत बनेको छ । मुस्ताङका किसानले स्याउ बगैचा भित्र अन्तरबालीको रुपमा आलु खेती अपनाउँदै आईरहेका छन् । यसले स्याउ र आलु गरी दोहोरो आम्दानी लिईरहेका छन् । यद्यपी मुस्ताङका किसानले स्याउ बगैचा भित्र अन्तरबालीका रुपमा उवा,फापर,जौ र तरकारी खेती समेत गर्ने गरेको पाईएको छ ।
हिमाली जिल्ला मुस्ताङमा यस वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । गतवर्ष मुस्ताङमा २१२ हेक्टर क्षेत्रफलमा लगाइएको आलु खेतीबाट ९ हजार ६०३ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।तर,यसवर्ष ३१५ हेक्टर क्षेत्रफलमा लगाईएको आलु खेतीबाट ६ हजार ३६३ मेट्रिक टन मात्र आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । यसवर्ष मौसम अनुकुल नहुँदा आलु उत्पादन घटेको केन्द्र प्रमुख बस्ताकोटीले उल्लेख गरे । गत वर्ष आलुका लागि उपयुक्त हावापानी भएको भएपनि यसवर्ष आलुको बोटको वृद्धि विकास हुने बेलामा लगातार वर्षा भएको र यसले आलु खेतीमा डढुवा रोगको प्रकोप देखिदा उत्पादन घटेको केन्द्र प्रमुख बस्ताकोटीको भनाई छ । उनले उपल्लो मुस्ताङमा तुषारोका कारण आलु खेतीमा डढुवा रोग देखिएको बताए ।
आलु खेतीमा मौसम अनुकुल नहुँदा डढुवा रोगको प्रकोप देखिने गर्छ । डढुवा रोग लाग्दा आलु बोटका पातहरु सुक्दै र मदै जाने लक्षण देखिन्छ । आलु बोटको पातमा डढुवाको प्रकोप देखिदा आलुको बोटले प्राप्त गर्ने कार्वर्नडाईअक्साईडको मात्रा उपलब्ध हुन सक्तैन । आलुको विरुवाले आफुलाई चाहिने ईनर्जी प्राप्त गर्न नसक्दा आलु उत्पादन घट्नुको प्रमुख कारण रहेको केन्द्र प्रमुख बस्ताकोटीले सुनाए ।
यसवर्ष गतवर्षको तुलनामा ३ हजार २४० मेट्रिक टन आलु उत्पादन घटेको हो । यो गतवर्षको तुलनामा ३५ प्रतिशतले आलु उत्पादन घटेको हो । गत वर्ष मुस्ताङमा प्रति हेक्टर क्षेत्रफलमा ३० दशमलव ७८ मेट्रिक टन आलु उत्पादन भएको थियो । यसवर्ष गतवर्ष भन्दा थप ३ हेक्टर क्षेत्रफल विस्तार भएपनि प्रति हेक्टर २० दमलव २ मेट्रिक टन आलु उत्पादन भएको देखिन्छ । यहाँ औसत प्रति हेक्टर १० मेट्रिक टनले आलु उत्पादनमा ह्रास आएको केन्द्र प्रमुख बस्ताकोटीले जनाए ।
यसवर्ष ६ हजार ३६३ मेट्रिक टन आलु उत्पादन हुँदा औसत प्रति केजी ५० रुपैयाका दरले ३१ करोड ८१ लाखको आलु उत्पादन भएको छ । गतवर्ष मुस्ताङमा ९ हजार ६०३ मेट्रिक टन आलु उत्पादन हुँदा ४८ करोड १ लाख आम्दानी भएको केन्द्रको अनुमान छ । मुस्ताङमा उत्पादित आलु औसत दुई तिहाई जिल्ला बाहिर निर्यात हुने गरेको छ । एक तिहाई आलु जिल्लामानै खपत हुन्छ । यसरी जिल्लामै खपत हुने आलु बिउँमा समेत प्रयोग गर्ने गरिएको छ ।
आलु खेतीमा उत्पादन घटेसंगै यहाँका किसान चिन्तित बनेका छन् । जलवायु परिवर्तनका कारण मौसममा आएको फेरबदलका कारण कृषि क्षेत्रमा नकारात्मक असर परेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले उल्लेख गरे ।
मुस्ताङको तल्लो क्षेत्रमा कार्डिनल अर्थात अगौटे जातको आलु र स्थानीय जातको आलु खेती गर्ने गरिएको छ । यो जाँतको आलु छिटो ÷छरितो पाक्ने गर्छ ।तल्लो मुस्ताङमा फागुनमा लगाएर असारमा थन्क्याउने गरिन्छ । यसैगरी स्थानीय जातको सेतो आलु मुस्ताङका ५ वटै स्थानीय तहमा उत्पादन हुने कृषि ज्ञान केन्द्र मुस्ताङले बताएको छ । सतो आलु मुस्ताङको सबैभन्दा बढी रुचाइएको आलु हो । स्थानीय सेतो जातको आलु तल्लो मुस्ताङमा फागुनमा लगाएर भदौ महिनामा निकालिन्छ ।जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका देखि उपल्लो मुस्ताङसम्म स्थानीय सेतो जातको आलु चैत्र÷बैशाखमा लगाएर असोज÷कार्तिकमा आलु निकाल्ने गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङले बताएको छ ।
मुस्ताङमा आलु खेती उत्पादन प्रर्वद्धन तथा विकास गर्न कृषि ज्ञान केन्द्र मुस्ताङले कृषक प्रोत्साहनका कार्यक्रम समेत संञ्चालन गर्ने गरेको छ । केन्द्रले जिल्लाका किसानलाई थप नयाँ जग्गामा आलु खेती गर्न चाहेमा अनुदान सहयोग दिने गरेको बताईएको छ । चालु वर्षको कार्यक्रममा नयाँ आलु खेती विस्तार गर्न चाहने किसानलाई प्रति रोपनी आलु खेती विस्तार गरेवापत ७ हजार ५ सय रुपैया प्रोत्साहन अनुदान दिने गरेको छ । यसैगरी आलु खेतीमा देखिने विभिन्न रोग किरा नियन्त्रणका लागि विषादी समेतमा बजेट विनियोजन भएको जनाएको छ ।
२७ पुस २०८०, शनिवार ०८:५२ मा प्रकाशित
619
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली