हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच आर्थिक वर्षमा हाईअल्टिच्युडका कारणका लेंक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन् । आव २०७८÷०७९ देखि आव २०८२÷०८३ को जेठ १५ गतेसम्म हाईअल्टिच्युडका कारण लेंक लागेर सोह्र नेपालीसहित ४२ जना विदेशी पर्यटकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख गरिएको छ ।
प्रहरीको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षको सुरुआती वर्ष मुस्ताङमा लेंक लागेर आव २०७८÷०७९ मा ६ जना, आव २०७९÷८० मा १२ जना, आव २०८०÷०८१ मा १४ जना, आव २०८१÷०८२ मा १३ जना र चालु आव २०८२÷०८३ को जेठ १५ सम्म १३ जना गरी ५८ जना पर्यटकले ज्यान गुमाएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।
पछिल्लो पाँ वर्ष यता मुस्ताङमा लेंक लागेर मृत्यु हुने मध्ये ६५ प्रतिशत भन्दा बढी भारतीय पर्यटक रहेका छन् । प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मुस्ताङमा पाँच वर्षको अवधिमा नेपाली १६, भारतीय ३८ र अन्य ४ गरी ५८ जनाले हाईअल्टिच्युडका कारण ज्यान गुमाएका हुन् ।
पर्वतीय उच्चउचाईको स्थानमा उक्लिदै गरेका पर्यटकहरुलाई अक्सिजनको लेवक कम भई लेंक लाग्ने समस्या हुन्छ । बेसीको समथरिलो स्थानबाउ उच्च उचाईको पर्वतीय क्षेत्रमा होल्डिङ नगरी एक साथै मुस्ताङ आएका पर्यटकहरु लेंक लाग्ने समस्या देखिने गरेको मुक्तिनाथ विकास समितिले उल्लेख गरेको छ । हाईअल्टिच्युडको जोखिमबाट सुरक्षित रहन पर्याप्त स्वास्थ्य सावधानी अपनाउनु पर्ने र सडक यात्रामा होल्डिङ गरिनु पर्ने समितिका व्यवस्थापक भुुुसालले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली