तस्विर : बिनोद गुरुङ
जोमसोम—उत्तरी चीनसंग सीमाना जोडिएको कोरलानाका तथा उपल्लो मुस्ताङ जोड्ने वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ नरसिंह खोलामा निर्माणधिन पुल बनेपछि त्यसक्षेत्रका स्थानीय एवं पर्यटकलाई आउजाउमा निकै सहज भएको छ । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाद्वारा निर्माण भएको ९० मिटर लामो पुल आईतबार बिहानदेखि संञ्चालनमा आएको हो ।
मुस्ताङको घरपझोङ—२ मार्फा र वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ नरसिंह खोलामा पक्की मोटरेबल निर्माणका लागि आयोजनाले २१ करोड लागतमा हिमढुङ ठोक्कर ईमोटल जेभीले २०७५ साल भदौ ६ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अवधि ३ वर्ष रहेको मार्फा राज खोला पुल र छुसाङ नरसिंह खोला पुल २०७८ साल भदौमा सकिनुपर्ने थियो ।तर, पुलको सम्झौता अवधि कटेको ४ वर्षपछि बल्ल नरसिंह खोलामा पुल बनेको हो । निर्माण कम्पनीले जनशक्ति र उपकरण व्यवस्थापन गर्न नसक्दा छुसाङको नरसिंह खोलामा निर्माणधिन पुल अलपत्र पर्दैआईरहेको थियो ।
३ स्पानको ९० मिटर लम्बाईको पुल अलपत्र परेपछि (बेनी—जोमसोम—कोरला) सडक आयोजनाको समन्वयमा उक्त कम्पनीले ८० प्रतिशत भौतिक प्रगती हुँदा अमित बिल्डर्सलाई पुलको अधुरो कार्य पुरा गर्न प्याकेजमा सहमती गरी जिम्मा दिएको थियो । अधुरो पुलका लागि अमित बिल्डर्सले दुई महिना खर्चिएर पुलको उत्तर÷दक्षिण एप्रोज रोड विस्तार ,स्ल्याप ढलान र पुलको फिनिसिंङका कामलाई तिब्रता दिएको थियो ।
उत्तर÷दक्षिण जोड्ने छुसाङको ठाडो नरसिंह खोलामा पुल निर्माण करिव करिव सम्पन्न भईसकेको पूर्व संघीय प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुुलाचनले जानकारी दिए । ¬‘तत्काल नरसिंह खोलाको बाहव वृद्धि भईसकेकाले हुलका सवारी साधन आवतजावत गर्नसक्ने भईसकेको छ , केहीदिनमा हेभी सवारी साधन पनि पुल माथि गुड्न सक्ने हुन्छ, पूर्व सांसद तुलाचनले भने,‘ स्ल्याप ढलान सेट हुन केही दिन लाग्छ, त्यसैले हलुका मात्रै जान मिल्ने गरी पुल संञ्चालन गरिएको हो ।’
वारागुङ—३ छुसाङको नरसिंह ठाडो खोलामा पुल नहुँदा बर्खायाममा बर्सेनि उपल्लो मुस्ताङ जाने सवारी साधनलाई निकै सास्ती हुने गथ्र्यो । जोखिम मोलेर खोलबाट सवारी तार्दा सवारी फस्ने,बगाउने र सवारीको ईन्जिन बिग्रने जोखिम थियो । वारागुङ—३ का वडाध्यक्ष बिनोद गुरुङले निर्माणधिन छुसाङको नरसिंह खोला पुल आईतबारदेखि संञ्चालनमा आएको जनाएका छन् । उनले तत्काल हलुका सवारी साधनलाई मात्रै खुल्ला गरिएको वडाध्यक्ष गुरुङले बताए ।
छुसाङमा निर्माणधिन पक्की पुल संञ्चालनमा आएकाले अब उपल्लो मुस्ताङको यात्रा निकै सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उल्लेख गरे । अध्यक्ष गुरुङले लामो समयदेखि पुलको काममा निर्माण कम्पनीका कारण विलम्व भएको भएपनि अन्नत पुल सम्पन्न हुनु उपल्लो मुस्ताङीका लागि खुसीको बिषय भएको बताए ।
त्यसो त एकै पटक ठेक्का सम्झौता भएको घरपझोङ—२ को मार्फा राजखोलामा निर्माणधिन ३ स्पानको १२० मिटर लामो पुल अझै सम्पन्न हुन सकेको छैन । पटकपटक म्याद थप हुँदै आईरहेको पुल भर्दौको दोस्रो हप्ता सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधि सुदिप खड्काले जानकारी गराएका थिए । तर, उनले भनेजस्तै उक्त पुलको कामले खासै गति लिन सकेको छैन । पुलको एप्रोज सडक, बिचको स्पानमा स्ल्याप ढलान लगायतका कामहरु अझै बाँकी रहेको राजखोला पुल निर्माण सम्पन्न हुन अझै समय लाग्ने देखिन्छ ।
हिमढुङ ठोक्कर एण्ड ईमोटलले ठेक्का सम्झौता गरेको उपल्लो मुस्ताङ जोड्ने ४० मिटर लामो घमी खोला पुल पनि अलपत्र अवस्थामा छ । २०७५ साल पुस १६ गते ६करोड ८० लाख लागतमा ठेक्का सम्झौता भएको घमी खोला पक्की पुल २०७८ पुस ९ गते सकिनु पर्ने थियो । तर,त्यहाँ पनि निर्माण कम्पनीको ढिलासुस्ती र वेवास्ताका कारण पुल निर्माणको काम ५० प्रतिशत भौतिक प्रगती हुँदा अलपत्र पर्दैआईरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता