मुस्ताङको घरपझोङमा मनाईयो अन्तराष्ट्रिय योग दिवस

हिमाली जिल्ला मुस्ताङको घरपझोङमा अन्तराष्ट्रिय योग दिवस मनाईएको छ । ‘स्वस्थ बृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ प्रदेश आयुर्वेद चिकित्सालयको आयोजना तथा घरपझोङ गाउँपालिकाको सहकार्य मुस्ताङको जोमसोममा अन्तराष्ट्रिय योग दिवस मनाईएको हो ।

शारीरिक स्वास्थ्य सुधार,मानसिक तनाव र चिन्ता कम गर्न,स्वस्थ्य जीवनशैली अपनाउन प्रेरित गर्न र योगको प्राचिन ज्ञानलाई विश्वभर प्रचार÷प्रसार गर्न बर्सेनि जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाईने गरिएको हो ।

योग दिवस स्वास्थ्य मानसिक शान्ति र सकारात्मक जीवनशैली प्रवद्र्धन गर्ने उद्दृश्यले मुस्ताङमा पनि यसप्रकारको अन्तराष्ट्रिय योग दिवस मनाईएको प्रदेश आयुर्वेद चिकित्सालय जोमसोमका कार्यालय प्रमुख दिनेशप्रसाद आचार्यले जानकारी दिनुभयो । योगले शरिर र मनलाई स्वस्थ्य राख्न टेवा पु¥याउने भएकाले यसको महत्वबारे सचेतना जागृत गर्न दिवस मनाईएको कार्यालय प्रमुख आचार्यको भनाई छ ।

दिवसका अवसरमा यहाँ आयोजित योगभ्यासलाई नरेन्द्रमान लालचन र कार्यालय प्रमुख दिनेशप्रसाद भुसालले सहजीकरण गर्नुभएको थियो ।योगभ्यासमा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन,उपाध्यक्ष जमुना थकालीसहित नेपाली सेना, सशस्त्र प्रहरी ,गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारी लगायत स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो । बिहान दुई घेण्टा चलेको योगभ्यास कार्यक्रममा योगभ्यास र यसले मानव स्वास्थ्यका लागि पु¥याउने फाईदाका बारेमा चर्चा गरिएको छ ।

योगभ्यासमा सहभागी गाउँपालिका अध्यक्षले मोहनसिंह लालचनले स्वस्थ्य जीवन यापनका लागि योग साधना गर्न दिवसको आवश्यकता नपर्ने उल्लेख गर्नुभयो ।  नियमितको योगभ्यासले शारीरिक स्फूर्ती, मानसिक तनावबाट मुक्ति दिलाउने भएकाले योगभ्यास मानिसका लागि अपरिहार्य रहेको अध्यक्ष लालचनले बताउँनुभयो ।

 यहाँ आयोजित योग दिवसका अवसरमा आयोजित कार्यक्रममा करिव ५० जना बढीको सहभागीता रहेको प्रदेश आयुर्वेद चिकित्सालले जानकारी दिएको छ ।


प्रतिक्रिया