जोमसोम— भारतको हैदरावाददेखि हिमाली जिल्ला मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गरी फर्किएका एक भारतीय पर्यटकको आईतबार बिहान लेंक लागेर मृत्यु भएको छ ।
शनिबार मुक्तिनाथ दर्शन गरी जोमसोमको एक होटलमा बास बसेका वर्ष ८३ का बि नारायाणलाई लेंक लागेर बिरामी परेपछि जोमसोमको मुस्ताङ अस्पताल पू¥याउँदा मृत्यु भएको हो ।
भारतदेखि ४२ जनाको भारतीय दर्शानार्थी टोली मुक्तिनाथ दर्शनका लागि शनिबार जोमसोम आईपुगेको थियो । ४२ जना मध्येका बि नायाराणणलाई मध्यरातमा श्वास प्रश्वासमा समस्या देखिएपछि आईतबार बिहान ३ बजे अस्पताल पू¥याईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
लेंक लागेर मृत्यु भएका भारतीय पर्यटकको घटना संम्वन्धि प्रहरीले विस्तृत विवरण संकलन गरी आफन्तलाई बुझाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
समथर बेसीबाट उच्च स्थानमा आउने पर्यटकलाई लेंक लाग्ने समस्या रहन्छ । योसंगै चालु वर्षमा लेंक लागेर मृत्यु हुने भारतीय पर्यटकको संख्या ६ पुगेको छ । यसअघि चालु वर्ष ५ जना भारतीय पर्यटकले चालु वर्ष लेंक लागेर ज्यान गुमाईसकेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता