वडाध्यक्ष सुरेश थकालीलाई मातृ शोक

जोमसोम— मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचेका वडाध्यक्ष सुरेश थकालीलाई मातृ शोक परेको छ ।

वडाध्यक्ष थकालीकी आमा भिमकुमारी थकालीको बिहिबार७० वर्षको उमेरमा जीप दुर्घटनामा परी निधन भएको हो ।

परिवारका सदस्यसहित पोखराबाट घान्द्रुकतर्फ जादै गरेको अवस्थामा घान्द्रुकको बतासे डाँडामा जीप दुर्घटना हुँदा उनको घटनास्थलमा निधन भएको थियो । 

घान्द्रुक दुर्घटनामा परी निधन भएकी भिमकुमारी थकालीका २ छोरा र १ छोरी छन् ।

जीप दुर्घटनामा परी मृत्यु भएकी भिमकुमारी थकालीको धार्मिक परम्परा अनुसार काजक्रिया पोखरामा हुने सरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले जानकारी दिए ।


प्रतिक्रिया