जोमसोम, मुस्ताङ पुस्ताबीचको दूरी मेटाउँदै र पुर्खाको ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ जोमसोममा ‘अन्तरपुस्ता संवाद’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको एकीकृत सेवा कार्यालय, मुस्ताङ को आयोजनामा यो कार्यक्रम शनिबार सम्पन्न भएको हो।
ज्येष्ठ नागरिक जिल्ला संघ, मुस्ताङ र श्री जनहित माध्यमिक विद्यालयको समन्वयमा आयोजित यस कार्यक्रममा "पहिले र अहिले" विषयमा केन्द्रित रहेर तीनवटा गहन सत्रहरू सञ्चालन गरिएका थिए।
कार्यक्रमका मुख्य आकर्षणहरू यस प्रकार थिए:
पहिलो सत्र: ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष चन्द्र बा. थकालीले मुस्ताङको प्राचीन इतिहास, कला, संस्कृति र परम्पराबारे प्रकाश पार्नुभएको थियो।
दोस्रो सत्र: ज्येष्ठ नागरिक शेर बा. गुरुङले विगतको मुस्ताङको कष्टकर अवस्था र वर्तमान समयमा आएको आधुनिक परिवर्तनका भोगाइहरू साझा गर्नुभयो।
तेस्रो सत्र: श्री जनहित मा.वि.का सह-प्रधानाध्यापक कर्ण बा. थकालीले मुस्ताङको मौलिक पहिचानको रूपमा रहेको ‘मुखिया प्रथा’ को ऐतिहासिक महत्त्व र यसको सांगठनिक स्वरूपबारे विद्यार्थीहरूलाई जानकारी गराउनुभयो।
जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रमले समाजको मौलिक पहिचान, संस्कार र अनुभवलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यो संवाद केवल छलफल मात्र नभई इतिहासको जगमा उभिएर समृद्ध भविष्य निर्माण गर्ने एउटा सार्थक अभियानको रूपमा देखिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता