यहाँ स्थित मुस्ताङको घरपझोङ—४ जोमसोममा विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको छ । २५ औं सशस्त्र प्रहरी दिवस २०८२(रजत महोत्सव) को अवसरमा मुस्ताङको घरपझोङ —४ जोमसोम बस्ने एक घरपरिवारलाई यहाँ स्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमले खाद्यान्न लगायतका राहत सामाग्री वितरण गरेको हो ।
रुकुम घरभई लामो समयदेखि मुस्ताङको जोमसोममा सामान्य ज्याला मजदुरी गरी बस्दै आएकी एकल महिला निर्मला विकलाई यहाँ स्थित सशस्त्र प्रहरी मुस्ताङले निजको डेरामै पुगेर खाद्यान्न लगायतका राहत सामाग्री वितरण गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीको २५ औं स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा यसअघि यहाँ स्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म हेडक्वारका सुरक्षाकर्मीले मुक्तिनाथ मन्दिरको बृहत सरसफाई गरेका थिए ।
२४ पुस २०८२, शुक्रबार ०५:५३ मा प्रकाशित
689
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली