गण्डकी प्रदेश परिषद सदस्यमा लालचन

जोमसोम— गण्डकी प्रदेश अन्तर्गत प्रदेश परिषद सदस्य पदमा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन मनोनित भएका छन् । गण्डकी प्रदेशका गत माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकले घरपझोङ गाउँपालिका अध्यक्ष लालचनलाई परिषद सदस्य पदमा मनोनय गर्ने निर्णय गरेको थियो 

संघ,प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २४ ले व्यवस्था गरे बमोजिम मुस्ताङ जिल्ला घरपझोङ गाउपालिका अध्यक्ष लालचनलाई सदस्य पदमा मनोनित गरिएको हो ।

संघ तथा प्रदेश र स्थानीय तहको समन्वय,सहकार्य र अन्तसम्वन्धलाई सहजीकरण गर्ने गरी गठन भएको परिषद सदस्यमा अध्यक्ष लालचन चयन भएको गण्डकी प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

 एक महिना अघि गण्डकी प्रदेशको मन्त्रिपरिषदबाट मनोनय भएका अध्यक्ष लालचनलाई आईतबार परिषद सदस्य पदको पत्र मुख्यमन्त्री कार्यालयले थमाएको छ ।

गण्डकी प्रदेश अन्तर्गत मुख्यमन्त्रीको कार्यालयले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयको संयोजकत्वमा ३ तहको सरकारको कार्यसम्पादन सहजताका लागि प्रदेश  परिषद गठन भएको हो ।


प्रतिक्रिया