मुस्ताङमा खोंचमा फसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा रोप रेस्क्यू उद्दार

जोमसोम—मुस्ताङमा सशस्त्र प्रहरीले पहाडकाको खोंचमा फसेका घाईते व्यक्ति तथा मृत शवको रोप रेस्क्यू विधिबाट उद्दार गरेको छ । सशस्त्र प्रहरी बल ३३ नं. गुल्म जोमसोमले पहाडको खोंचमा जिवितै तथा मृत अवस्थामा फेला परेका व्यक्तिहरुको ‘कृतिम अभ्यास’ (डेमो सेसन) गर्ने क्रममा रोप रेस्क्यू उद्दार गरेको हो ।

शुक्रबार सशस्त्र प्रहरी बल ३३ नंम्बर गुल्मले बाढी पहिरोमा फसेका व्यक्तिको उद्दारकद्वारा ¥याप्लिङ तथा क्लाईमिङ  गरी खोंचमा फसेका व्यक्तिको जिवितै तथा मृत अवस्थाको शवलाई रोप रेस्क्यू विधि अपनाएर उद्दार गरिएको नाटकीय कृतिम अभ्यास गरेको हो । मुस्ताङ जिल्ला घरफझोङ गाउँपालिका—४ जोमसोम स्थित सशस्त्र प्रहरी बल,नेपाल ३३ नं. गुल्म रहेको २५० मिटर पञ्चिमको अग्लो पहाडमा सशस्त्र प्रहरी नायव उपरीक्षक  विजय हमालको कमाण्डमा सशस्त्र प्रहरीका ३५ जना टोलीले कृतिम अभ्यास गरेका थिए ।

बाढी पहिरोका विपद्जन्य घटनाहरुमा  परिचालन हुन  पूर्व तयारीका लागि चुस्त दुरुस्त एवं प्रभावकारी बनाउनका लागि  विपद्जन्य घटनामा आधारित रहेर सशस्त्र प्रहरी ३३ नं. गुल्मले नियमित अभ्यासको क्रममा खोंचमा फसेका व्यक्तिहरुको उद्दार गर्ने कृतिम अभ्यास गरेको हो ।

सशस्त्रको कृतिम अभ्यासमा भएका सुरक्षा जनशक्ति,उद्दारका सामाग्रीहरु तथा बन्दोवस्तीका सामानहरुको न्यायोचित तरिकाले अधिकतम उपयोग गरी प्रभावकारी परिचालन  गर्दै वास्तविक बाढी पहिरोमा घटनामा परेकाको सकुशल उद्दार गर्न सशस्त्र प्रहरीले नियमित रुपमा हुने कृतिम अभ्यास गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक विजय हमालले जानकारी दिए ।

 सशस्त्र प्रहरी बल ३३ नं. गुल्मद्वारा आयोजित कृतिम अभ्यास कार्यक्रममा खोंचमा फसेका व्यक्तिहरुको डोरीको सहायताले खोंचमा झरेर उद्दार गरिएको थियो । विपद्जन्य घटनाको कृतिम अभ्यास गरिएको र यसले संम्भावित वास्तबिक घटनामा पनि सशस्त्र प्रहरीले उद्दारकार्य आफ्नो क्षमता प्रर्दशन गराउन टेवा पुग्ने विश्वास गरिएको छ ।

 कृतिम अभ्यासमा प्रजिअ जनकराज पन्त,नेपाली सेनाका सेनानी अनिल रिजाल, प्रहरी निरीक्षक मिलनबहादुर विक र  प्रमुख अनुसन्धान अधिकृत रामशंकर केसी लगायतले अवलोकन गरेका थिए । ।


प्रतिक्रिया