मुस्ताङ: ६ महिनामा सरकारी खर्च १ अर्व ६६ करोड

चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजित कुल बजेट अन्तर्गत चालु वर्षको साउनदेखि पुस महिना अर्थात ६ महिनाको अवधिमा मुस्ताङका संघीय तथा प्रादेशिक  तथा  स्थानीय तह वित्तिय हस्तान्तरण १ अर्व ६६ करोड बजेट खर्च भएको छन् । चालु आर्थिक वर्षका लागि संघीय तथा प्रादेशिक कार्यालय र स्थानीय तहका लागि कुल ३ अर्व ७९ करोड ८६ लाख ९० हजार बजेट विनियोजन भएकोमा  ४३ दशलमव ७५ प्रतिशत बजेट खर्च  भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङमा चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि संघीय तथा प्रादेशिक कार्यालयतर्फको चालुतर्फ १ अर्व ४८ करोड ८८ लाख बजेट विनियोजन भएकोमा  ६ महिनाको अवधिमा  ६१ करोड ५० लाख ५७ हजार अर्थात ४१ दशमलव ३१ प्रतिशत खर्च भएको छ । पुँजिगत खर्चतर्फ १ अर्व ३३ करोड ५९ लाख बजेट विनियोजन भएकोमा ५८ करोड ३ लाख अर्थात ४३ दशमलव ४४ प्रतिशत बजेट ६ महिनामा खर्च भएको खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले जानकारी दिनुभयो । कोष नियन्त्रक भण्डारीका अनुसार चालु वर्षका लागि मुस्ताङका ५ स्थानीय तहलाई ९७ करोड ३८ लाख २७ हजार वित्तिय हस्तान्तरण बजेट विनियोजन भएकोमा साउनदेखि पुस महिनासम्म  ४६ करोड ६५ लाख अर्थात ४७ दशमलव ९१ प्रतिशत बजेट वित्तिय हस्तान्तरण भईसकेको छ ।

 जसअन्तर्गत मुस्ताङका संघीय कार्यालय  र संघीय अनुदान वित्तिय हस्तान्तरणतर्फ  २ अर्व ९२ करोड ३९ लाख बजेट विनियोजन भएकोमा चालु वर्षको ६ महिना अवधिमा  १ अर्व ४१ करोड ६१ लाख अर्थात ४८ दशमलव ४३ प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीको भनाई छ । संघीय कार्यालयतर्फको चालु कुल बजेट  १ अर्व २२ करोड ३९ लाख मध्ये ५५ करोड २३ लाख अर्थात ४५ दशलमव १३ प्रतिशत बजेट खर्च भएको छ । पुँजिगततर्फ कुल बजेट ८० करोड २१ लाख मध्ये ४३ दशमलव ५३ प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले बताउँनुभयो । उहाँका अनुसार संघीय स्थानीय तह वित्तिय हस्तान्तरणतर्फ कुल बजेट ८९ करोड ७८ लाख मध्ये चालु वर्षको ६ महिनाको अवधिमा  ४२ करोड ८५ लाख बजेट वित्तिय हस्तान्तरण भएको छ ।

 यसैगरी चालु वर्षका लागि प्रादेशिक कार्यालयतर्फको चालु खर्च  २६ करोड ४९ लाख बजेट मध्ये  पुस महिना मसान्तसम्म ६ करोड २७ लाख अर्थात  २३ दशमलव ६८ प्रतिशत खर्च भएको छ । प्रादेशिक कार्यालयतर्फको पुँजिगत विकास खर्च  ५३ करोड ३८ लाख  रहेकोमा ६ महिनाको अवधिमा १४ करोड ५० लाख अर्थात २७ दशलमव १७ प्रतिशत पुँजिगत बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले जानकारी दिनुभयो । यस्तै , प्रादेशिक स्थानीय तहको कुल बजेट ७ करोड ६० लाख मध्ये ३ करोड ८० लाख बजेट  ६ महिनाको अवधिमा स्थानीय तहका लागि वित्तिय हस्तान्तरण भएको छ ।

मुस्ताङमा  ६ महिनामा ५ करोड ६० लाख राजश्व संकलनः 

हिमाली जिल्ला मुस्ताङमा चालु वर्षको साउनदेखि पुस महिनाको ६ महिना अवधिमा ५ करोड ६० लाख ३४ हजार रुपैया राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ । चालु वर्षको ६ महिना अवधिमा संघीयतर्फ  ४ कर।ेड २८ लाख ७४ हजार राजश्व संकलन भएको  छ । प्रदेशतर्फ  १ करोड ३१ लाख ५९ हजार रुपैया राजश्व संकलन भएको कोष नियन्त्रक भण्डारीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको ६ महिना अवधिमा  संघीयतर्फको १४ वटा कार्यालयतर्फको शिर्षकगत राजश्व जोडेर ४ करोड २८लाख ७४ हजार राजश्व संकलन भएको हो । यसैगरी प्रादेशिकतर्फ मुस्ताङका  प्रदेश ९ वटा कार्यालयले चालु वर्षको ६ महिना अवधिमा विभिन्न शीर्षकगत राजश्व अन्तर्गत १ करोड ३१ लाख राजश्व संकलन गरेका हुन् ।

कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले चालु वर्ष विनियोजित बजेटको अनुपातमा संघीय कार्यालयतर्फ बजेट खर्च सन्तोषजक रहेको र प्रादेशिक कार्यालयतर्फ लक्ष्य अनुसार खर्च हुन नसकेको बताउँनु भयो । संघीयतर्फ साविकका कार्यालय जनशत्तिहरु यथावत परिचालित भएकाले बजेट खर्च सन्तोजन रहेपनि प्रादेशिकतर्फ नयाँ कार्यालय ,जनशक्तिको अभाव  र प्रदेश सरकारको अस्थिरता लगायतका कारण प्रादेशिक खर्च अपेक्षा गरेअनुसार बजेट खर्च हुन नसकेको कोष नियन्त्रक भण्डारीले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया