जोमसोम ।
प्रतियोगिता आयोजक जनप्रिय युवाक्लव पुराङ रानीपौवा ‘ए’ टिम जारी सिजनको खुल्ला यार्तुङ आर्चरी प्रतियोगिता २०८२ को च्याम्पियन बनेको छ । आयोजक जनप्रिय युवाक्लव पुराङ रानीपौवाले एक सय पचास पूर्णाङ्क मध्ये ९ अंक खर्चदै एक सय एकचालिस अंकको योगफल जोड्दै आर्चरी च्याम्पियन बनेको हो ।
प्रतियोगितामा हिमाली जिल्ला मनाङ र मुस्ताङका कुल १६ टिमको सहभागिता रहेको थियो । कुल १५ डोरमा खेलाईएको आर्चरी प्रतियोगितामा प्रत्येक टिमबाट पाँचपाँच जना खेलाडीहरुले भाग लिन पाउँने व्यवस्था गरिएको थियो ।
यसैगरी यार्तुङ खुल्ला आर्चरी प्रतियोगितामा एनवाईसी मनाङको टोली एक सय छत्तिस अंक जोड्दै उपविजेता बनेको छ । यहाँको वारागुङ—५ स्थित शेरधाङ लुम्बुक युथक्लव फल्याक आर्चरी प्रतियोगितमा तेस्रो स्थान हासिल गरेको छ । फल्याकले निर्धारित १५ डोरमा एक सय पैतिस अंकको योगफल तयार गरेको थियो ।
योसंगै यहाँको मुक्तिनाथमा आयोजित यार्तुङ खुल्ला आर्चरी प्रतियोगिताको च्याम्पियन जनप्रिय युवाक्लव पुराङ रानीपौवाले नगद एक लाखसहित सिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एनवाईसी मनाङले नगद साठी हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र जितेको छ । यस्तै, प्रतियोगितामा तेस्रो बनेको शेरधाङ युथक्लव फल्याकले नगद तीस हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र पायो ।
यहाँ आयोजित यार्तुङ खुल्ला आर्चरी प्रतियोगितामा सर्वाधिक अंक जोड्ने ब्रदर्श युनाईटेडका बुद्धि बुढाथोकी र आर्चरीको सर्वोउत्कृष्ट खेलाडी एनवाईसी मनाङका सोनाम लामा घोषित भए ।
आर्चरी प्रतियोगिता र सेभेन ए साईड फुटबल प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीलाई यहाँको खिङ्गा कन्ट्रक्सन प्रा.लि.ले नगद पुरस्कार प्रोयोजन गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली