मुस्ताङ, ९ , भदौं
मुक्तिनाथ ग्रान्ड यार्तुङ २०८३को अवसरमा आयोजित हाईअल्टिच्युड सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि भिडन्त बुधबार बिहान रानीपौवा फुबटल मैदानमा हुने भएको छ । मिलन युवाक्लव कागबेनी र निमा कन्ट्रक्सन (फल्याङ)बीच फुटबल खेलको उपाधिका लागि फाईनल प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
जनप्रिय युवाक्लव पुराङ रानीपौवाद्वारा आयोजित फुटबल प्रतियोगिताको पहिलो सेमीफाईनल खेलमा मिलन युवाक्लव कागबेनीले एयरपोर्ट युनाईटेडलाई (३—०) गोल अन्तरले सहज रुपमा पराजित गर्दै उपाधि भिडन्तका लागि फाईनल यात्रा सुरक्षित गरेको हो ।
यसैगरी दोस्रो सेमीफाईनल खेलमा निमा कन्ट्रक्सन (फल्याक) टिमले टिम पठाओलाई ट्राईब्रेकर कठिन जीत निकाल्दै फाईनल यात्रा तय गरेको हो ।
मुक्तिनाथ ग्रान्ड यार्तुङ पर्वको दोस्रो दिनमा सञ्चालन गरिएको फुटबल प्रतियोगिताका लागि मनाङसहित मुस्ताङका १६ वटा टोलीले प्रतियोगितामा भाग लिएको जनप्रिय युवाक्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिनुभयो । प्रतियोगिताका समुह चरण अर्थात प्रिक्वाटर खेलमा कोमल कन्ट्रक्सन (स्याङ),टिम पठाओ, निमा कन्ट्रक्सन (फल्याक),घिलिङ टिम,जनहित बी र मनाङ टिम क्वाटर फाईनलमा प्रवेश गरेका थिए ।
आजै भएको फुटबल क्वाटर फाईनल खेलमा मिलन युवा क्लवले कोमल कन्ट्रक्सनलाई, निमा कन्ट्रक्सनले घिलिङ टिमलाई, जनहित बी टिमलाई एयरपोर्ट युनाईटेडले र टिम पठाओले मनाङ टोलीलाई हराउँदै सेमीफाईनलको यात्रा तय गरेका थिए ।प्रतियोगिताको अन्तिम फाईनल प्रतिस्पधा बुधबार बिहान ७ बजे पुराङ रानीपौवा खेल मैदान सञ्चालन हुने जनाईएकोछ ।
प्रतियोगिताको उपाधि च्याम्पियन हुने टिमले नगद एक लाख पुरस्कारसहित शील्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउँने छ । उपविजेता हुने टिमले नगद ६० हजार पुरस्कारसहित शील्ड ,मेडल ,ट्रफी र प्रमाणपत्र पाउँने छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता, सर्वोउत्कृष्ट खेलाडी र सर्वोउत्कृष्ट गोल किपरलाई समेत नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली