कोवाङ—जोमसोम¬ कालोपत्र सडकमा ढिलासुस्ती

जोमसोम — उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक अन्तर्गत मुस्ताङको कोवाङ—जोमसोम कालोपत्र सडकमा ठेकेदार कम्पनीले चरम ढिलासुस्तीले गर्दा ७ वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन । राष्ट्रिय गौरवको सडक अन्तर्गत आ.व. २०७३÷०७४ सालमा ठेक्का सम्झौता भएको (बेनी—जोमसोम) चौथो खण्ड सम्वन्धित निर्माण कम्पनीले ढिलासुस्ती गर्दा  कालोपत्र अलपत्र बनेको हो ।

 कोरला जोड्ने बेनी—जोमसोम ७४ किलोमिटर सडक मध्ये सबै भन्दा बढी चरम ढिलासुस्ती (कोवाङ—जोमसोम) १७ किमी सडकमा हुन पुगेको छ । कोवाङ—जोमसोम सडक कालोपत्रे तथा आवश्यक सडक संरचना निर्माणका लागि पप्पु—गौरी पार्वती—कोशी एण्ड न्यौपाने जेभीले त्यससमयमा ७० करोड लागतमा आयोजनाले ठेक्का सम्झौता गरेको थियो । उक्त सडकमा भौगोलिक विषमता, कोरोना महामारी लगायतका विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले सडक निर्माणकार्यमा चरम ढिलासुस्ती गर्दैआईरहेको थियो । कोवाङ—जोमसोम १७ किमी अस्फाल्ट कालोपत्र सडकको यसअघि ६ पटक सम्म म्याद थप भईसकेको आयोजनाले जनाएको छ । सडकको पछिल्लो पटक थपिएको म्याद समेत चालु वर्षको २२ असोजसम्म मात्रै थियो ।

सुरुवाती चरममा जेभी कन्ट्रक्सन मध्ये सडक कालोपत्रको काम गर्दैआईरहेको कोशी एण्ड न्यौपाने जेभीले सडक निर्माणको काम गर्न नसकेपछि जेभीको मुख्य प्रतिनिधित्व गर्ने गौरी पार्वती (कोवाङ—जोमसोम) सडक कालोपत्र गर्ने काममा फर्किएको थियो । ठेक्का सम्झौता गरेको ६ वर्ष बितिसक्दा समेत मुस्ताङको (कोवाङ—जोमसोम) १७ किमी कालोपत्र प्याकेज सम्पन्न हुन नसक्दा स्थानीय नागरिक र सवारी साधनले निकैनै सास्ती व्यवहोर्न बाध्य परेको छ ।  सडक कालोपत्र गर्ने कामलाई पूर्णता दिन फर्किएको मुख्य जेभीले समेत कोवाङ—जोमसोम सडक निर्माणकार्यमा विलम्व गर्दैआईरहेका छन् । आयोजनाले पटक÷पटक तोकता गर्दा समेत निर्माण कम्पनी काममा नफर्किदा आयोजनाले ५ महिना अघि कम्पनीलाई कारवाहीको प्रक्रिया समेत अघि बढाईसकेको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर बिष्णु चापागाईले जानकारी दिनुभयो । पटक÷पटक म्याद थप भईरहेको पछिल्लो म्याद समेत असोज महिनामा सकिएकाले निर्माण कम्पनीलाई कुल ठेक्का लागतको दैनिक (०.०५) प्रतिशत हर्जाना लाग्ने गरी जरिवाना रकम तोकेर विभागीय कारवाही समेत अघि बढाईसकेको आयोजनाका सूचना अधिकारी चापागाईको भनाई छ ।

सार्वजनिक खरिद नियमावलीको मापदण्ड उल्लेख गरिएअनुसार कानुनी प्रावधान अनुसार तोकिएको दैनिक जरिवाना प्रतिशतका हिसाबले ३ लाख ११ हजार हु आउँछ । यो जरिवाना तोकिए अनुसार हालसम्म निर्माण कम्पनीले लाखौं रुपैया आयोजनालाई बुझाउनु पर्ने देखिन्छ । यो जरिवानाको समय अवधि २ सय दिन हुने र त्यसअवधिसम्म काम सम्पन्न नगरेमा निर्माण कम्पनीलाई कालोसुचिमा राखेर स्वत ठेक्का सम्झौता भंग हुने आयोजनाको भनाई छ ।

 आयोजनाले निर्माण कम्पनीलाई दैनिक जरिवाना रकम तोकेको ५ महिनापछि अहिले निर्माण कम्पनी कार्यस्थलमा फर्किएको आयोजनाका सूचना अधिकारी चपागाईले बताउँनुभयो ।

बेनी—जोमसोम ४ खण्ड मध्ये (कोवाङ—जोमसोम) कालोपत्र सडकको भौतिक प्रगित ९० प्रतिशत पुगेको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जनाउँनुभयो । ‘सम्वन्धित निर्माण कम्पनीलाई विभागीय कारवाहीका लागि प्रक्रिया अघि बढिसकेको भएपनि विभागबाट त्यस ठोस निश्र्कष नआईसकेको सूचना अधिकारी चापागाईले उल्लेख गर्नुभयो । ‘ निर्माण कम्पनी काममा फर्किएको छ, केही स्थानमा सडक स्टक्चरका काम सुरु गरेको छ ,’ सूचना अधिकारी चापागाईले भने, ‘ निर्माण कम्पनीले तिब्रता दिएर काम गरेमा एक  महिना भित्रै कालोपत्र सडकको काम सकिन्छ, हामीले पनि निर्माण कम्पनीको कामलाई निरन्तर फलो गरिरहेका छौं ।’

 राष्ट्रिय गौरवको सडक अन्तर्गत (कोवाङ—जोमसोम) १७ किमी सडक मध्ये  १२ किमी सडकको अस्फाल्ट कालोपत्र सम्पन्न भईसकेको आयोजनाको भनाई छ । जसअन्तर्गत मार्फा—जोमसोम ४ किलोमिटर र थासाङ—१ टुकुचेमा करिव १ किलोमिटर दुरीमा कालोपत्र सडक स्तरोन्नति बाँकी रहेको आयोजनाका सूचना अधिकारी चापागाईले बताउँनुभयो ।

 कोवाङ—जोमसोम १७ किमी सडक मध्ये बाँकी रहेको स्थानमा कालोपत्रका सडक स्टक्चर लगायतको काम सम्पन्न भईसकेको आयोजनाको भनाई छ । कोवाङ—जोमसोम सडक चालु आर्थिक वर्षभित्रै सकिने गरी निर्माण कम्पनीको ध्यानार्कषण गराईएको आयोजनाका सूचना अधिकारी चपागाईले उल्लेख गर्नुभयो । उनले कालोपत्र गर्न बाँकी रहेको स्थानमा सबग्रेड मिलाएर सववेस र वेस काम हुनेछ । त्यसपछि  बाँकी रहेको स्थानमा प्राईम कोड गरी अस्फाल्ट कालोपत्र गर्ने योजना रहेको उहाँले बताउँनुभयो ।

 मुस्ताङको घाँसादेखि कागबेनी र मुक्तिनाथ सडकसम्म कालोपत्र सकिंदा मुस्ताङको मार्फा—जोमसोम¬ सडक कालोपत्र सम्पन्न हुन सकेको छैन ।


प्रतिक्रिया