मुस्ताङमा पहिलो पटक सवारी चालकहरुको लागु पदार्थ सेवन (लापसे) परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय मुस्ताङको संयुक्त आयोजना तथा प्रदेश अस्पताल जोमसोमको समन्वयमा बेनी—जोमसोम सडकमा संञ्चालन हुने सवारी साधनका चालकहरुलाई बिहिबार लागु पदार्थ सेवन सम्वन्धी (लापसे) परीक्षण गरिएको हो ।
बेनी—जोमसोम सडकमार्ग अन्तर्गत घरपझोङ गाउँपालिका—३ एक्लेभट्टी स्थित जिल्ला ट्राफिक कार्यालय अगाडी आज पहिलोदिन १३ जना सवारी चालकहरुको लागु पदार्थ सेवन (लापसे) परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो ।
परीक्षणका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा जिल्ला ट्राफिक कार्यालय र एक जना स्वास्थ्यकर्मी गरी ११ जनाको संयुक्त टोली सवारी चालकको लापसे सम्वन्धी चेकजाँचमा खटिएका थिए ।
प्रदेश अस्पताल जोमसोमले एक जना ल्याब टेक्निसियन प्रहरीको लापसे चेकजाँच र परीक्षणकार्यमा खटएको थियो ।। यहाँ पहिलो पटकको सुरु गरिएको लापसे परीक्षणमा लापसे सेवन गरेको फेला नपरेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो । प्रदेश अस्पतालको प्राविधिक जनशक्तिको सहयोगमा जिल्ला ट्राफिक कार्यालयबाटै उपलबध लागु पदार्थ सेवन (लापसे) सम्वन्धी किटद्वारा सवारी चालकहरुको परीक्षण गरिएको थियो ।
पछिल्लो समय सडक यातायात सहज भएसंगै मुस्ताङ सडकमा सवारी दुर्घटना बढ्दै जान थालेकाले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सवारी चालकहरुको लापसे परीक्षण सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सडकको अवस्थ सहज बनेको भएपनि घुम्ती मोडहरुमा दुर्घटना हुने जोखिम बढेकाले चालकहरुका सर्तकतालाई लापसे परीक्षण सुरु गरिएको प्रहरीले उल्लेख गरेको छ ।
मुस्ताङमा सडक यातायात सहज भएसंगै मुक्तिनाथ दर्शन र कोरलानाका अवलोकनका लागि दिनहु सयौ पर्यटक मुस्ताङ भित्रिने र सवारी साधनको चाप समेत बढ्दै गईरहेकाले सम्भावित दुर्घटना न्यूनिकरण गर्न यसप्रकारको कार्यक्रमले सवारी चालकहरुलाई सचेत तुल्याउने अपेक्षा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले मुस्ताङमा पहिलो पटक सवारी चालकहरुको लापसे परीक्षण गर्न सुरु गरेको र यसलाई नियमित गराईने जनाएको छ । पछिल्लो समय लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको गुनासो बढेकाले चालकहरुको सतर्कताका लागि प्रहरी निकायबाट नियमित अनुगमन गरिने बताउनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता