जोमसोम— कवि भूमी शेरचनको जन्मथलो थाक टुुकुचेकी सामाजिक अभियान्ता, साहित्य सर्जक एवं गीतकार बिमला तुलाचनले ‘थासाङ गाउँपालिका’ नामक म्यूजिक भिडियो निर्माण गर्नुभएको छ । सर्जक एवं गीतकार तुलाचनले मुस्ताङको थासाङ गाउँपालिकाको पेरीफेरीमा रहेर त्यसक्षेत्रको पर्यटन प्रर्वद्धन तथा धार्मिक तथा सांस्कृतिक विषयवस्तु समेट्दै ‘थासाङ गाउँपालिका’ म्यूजिक भिडियोमा ‘हिमालपारि मुस्ताङ जिल्ला’ बोलको गीत निर्माण गनुभएको हो ।
मुस्ताङकोे थासाङ—१ टुकुचे स्थित नालान्दा बुद्धिस स्कुलको सभाहलमा आईतबार आयोजित म्यूजिक भिडियो गीत विमोचन कार्यक्रममा ‘थासाङ गाउँपालिका’ म्यूजिक भिडियो गीत सार्वजनिक गरिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको जिवन्त कलासस्कृतिलाई म्यूजिक भिडियो मार्फत उजागर गर्न खोजिएको छ । म्युजिक भिडियोमा थासाङको क्षेत्रको जिवन्त थकाली परम्परागत, धर्म,सस्कृति,रहनसहन,भेषभुषा , मौलिकता र पर्यटकीय गन्तब्यहरुको चित्रण गरिएको छ । म्यूजिक भिडियोको माध्यमबाट थासाङका पाँच वटै वडाहरुको पर्यटकीय सम्पदताहरुको प्रचार÷प्रसार गर्ने उद्देश्यसहित साहित्यिक सर्जक एवं गीतकार तुलाचनले ‘थासाङ गाउँपालिका’ म्यूजिक भिडियो गीत निर्माण गर्नुभएको हो ।
म्यूजिक भिडियोमा थकालीहरुको बाह्र वर्षे मेला र तोरन्ल पर्वमा थकाली समुदायले अपनाउने संस्कृतिलाई म्यूजिक भिडियोमा समेटिएको छ । थकाली समुदायको मौलिक पोशाकका साथै थासाङ क्षेत्रको टिटी ताल,सेकुङ ताल,भुतर्छो ताल, छाक्ताङ झरना,स्याउ बगैचा, धार्मिक गुम्बा, माने , छोर्तेन लगायतका दृष्यहरु म्यूजिक भिडियोमा समेट्ने जमर्को गरिएको छ ।
मुस्ताङकी साहित्य सर्जक एवं गीतकार बिमला तुलाचनले थासाङ गाउँपालिका सम्वन्धि ‘हिमालपारि मुस्ताङ जिल्ला’ बोलको गीत शब्दरचना गरी निर्माण गर्नुभएको हो ।
म्यूजिक भिडियोको खेन रिम्पोर्छे डा. मंगलध्वज तुलाचन र थासाङ गाउँपालिका उपाध्यक्ष सोमल हिराचनले संयुक्त रुपमा विमोचन गर्नुभयो । खेन रिँम्पोर्छे तुलाचनले मूस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धन तथा धार्मिक र सांस्कृतिक सम्पदा जोगाउन म्यूजिक भिडियोको महत्वपूर्ण योगदान रहने बताउँनुभयो । यसैगरी थासाङका उपाध्यक्ष सोमल हिराचन र वडाध्यक्ष गौतम शेरचनले थासाङ गाउँपालिकाको समग्र कथावस्तुलाई समेटेर तयारी पारिएको म्यूजिक भिडियो प्रशंसनीयकार्य भएको उल्लेख गर्नुभयो । गाउँपालिका आफैले गर्नुपर्ने यसप्रकारको कार्य एक चेली आफैले पुरा गर्नुभएकोप्रति धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा पर्यटन प्रर्वद्धनात्मक यसप्रकार कामहरुमा गाउँपालिकाले आर्थिक साझेदारी गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
थासाङ गाउँपालिका म्यूजिक भिडियोको हिमालपारि बोलको गीतमा दिपक लिम्बु र ममता गुरुङले स्वर भरेका छन् । संगित गणेश गुरुङ ,संगित संयोजन फडिन्द्र राई,स्टुडियो पर्पल र रेकर्डिङ सुमन खड्काको रहेको छ ।
थासाङ चिनाउने म्यूजिक भिडियो गीतको निदेशन तथा सम्पादन शान थापाले गर्नुभएको छ । क्यामेरामा अर्जुन गरी रहेका छन् भने म्यूजिक भिडियोमा एलिसा राई र पुष्प खड्का लगायतले नृत्य प्रस्तुत गर्नुभएको छ ।
थासाङ गाउँपालिका म्यूजिक भिडियो विमोचन कार्यक्रममा सर्जक एवं गीतकार तुलाचनले आफुलाई सधै मार्गनिर्देशन गर्ने गीतकार बाहिनीपति गौरव गुरुङकै प्रेरणाले संगित क्षेत्रमा आर्कर्षित भएको बताउँनुभयो । ‘आफु सधै जन्मथलो र मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धन तथा यहाँको मौलिकता उजागर गर्न अग्रसर रहेको छु’, सजर्क तुलाचनले भन्नुभयो,‘ मोफसलको प्रेम र रोमान्सका गीत भन्दा मुस्ताङको संस्कृतिलाई जोगाउन प्रयन्तशील रहेको छु ।’ सर्जक तुलाचनले म्यूजिक भिडियो निर्माणमा सहयोग गर्ने र विमोचन कार्यक्रम उपस्थित भएर हौसला प्रदान गर्ने सबैमा धन्यवाद प्रकट गर्नुभएको छ ।
सर्जक एवं गीतकार तुलाचनको थासाङ गाउँपालिका म्यूजिक भिडियो विमोचन कार्यक्रममा थासाङ गाउँपालिका उपाध्यक्ष सोमल हिराचनसहित ५ वटै वडाका वडाध्यक्ष, स्थानीय समाजसेवी, गाउँसुधार समितिका अध्यक्ष एवं पदाधिकारीहरु, निलगिरी युवाक्लवका तथा आमा समुहका अध्यक्ष, योगेन्द्र माविका प्रअ, नालान्दा बुद्धिस्ट स्कुल परिवार लगायतको उपस्थिती रहेको थियो । विमोचन कार्यक्रममा सञ्चालन विष्णु थकालीले गर्नुभएको थियो ।
यसअघि सर्जक एवं गीतकार तुलाचनले ४ वटा म्यूजिक भिडियो एल्बम निर्माण गरिसक्नु भएको छ । जसमा दुई वटा थकाली भाषाको गीत र २ वटा नेपाली भाषाको म्यूजिक एल्बम तयार गर्नुभएको थियो । उहाँले ‘हाम्रो मुटु ,हाम्रो थाकखोला, हाम्र्रै मुस्ताङ, मेरी आमा, हाम्रै थासाङ म्यूजिक एल्बम निर्माण गर्नुभएको थियो ।
सामाजिक अभियान्ता,साहित्य सर्जक एवं गीतकार बिमला तुलाचनको ‘थासाङ गाउँपालिका’ म्यूजिक भिडियो आज विमोचन भएको छ । कार्यक्रममा बधाई तथा शुभ—कामना मन्तव्य दिदै खेन रिम्पोर्छे मंगलध्वज तुलाचन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली