मुस्ताङ, २९, भदौ ।
हिमाली जिल्ला मुस्ताङमा कुल ४७० हेक्टर क्षेत्रफलमा आलु खेती हुँदैआईरहेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । यसवर्ष यहाँका पाँच पालिकामा गरिएका आलु उत्पादनको प्रारम्भिक सर्वेक्षण अनुसार (० दशमलव ०९) प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
यस आ.व. २०८२÷०८३ मा यहाँका पाँचै पालिकाको कुल ४७० हेक्टर आलु उत्पादन क्षेत्रमा ८ हजार ४९६ मेट्रिक टन आलु उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो । यहाँ यसवर्षको आलु उत्पादकत्व (१८ दशमलव ४७) प्रति हेक्टर रहने केन्द्र प्रमुख गुरुङले उल्लेख गर्नुभयो ।
गत आ.व. २०८१÷०८२ मा यहाँ ४६० हेक्टर क्षेत्रफलमा ८ हजार ४५४ मेट्रिक टन आलु उत्पादन भएको थियो । गतवर्ष यहाँको आलुको उत्पादकत्व प्रति हेक्टर (१८ दशमलव ३८) प्रतिशत रहेको कृषि ज्ञान केन्द्र मुस्ताङको तथ्यांकमा उल्लेख छ । केन्द्र प्रमुख गुरुङका अनुसार गतवर्षको तुलनामा यसवर्ष (४१ दशमलव ०२) प्रतिशत आलु उत्पादन हुने जनाईएको छ ।
हिमाली जिल्ला मुस्ताङको उच्च भूगोल र यहाँको चिसो शीतोष्ण हावापानीमा उत्पादन हुने आलु स्वादिलो र पोषिलो हुने गर्छ । यसै कारण यहाँको मुस्ताङी आलु सहज÷बजारका उपभोक्ता औधी रुचाउने गर्छन । चिसो हावापानी र हिउँले चिञ्चित यहाँको खेतीयोग्य जमिनमा उत्पादन हुने बिषादीरहित अर्गानिक हुने भएकाले उपभोक्ताहरु यहाँको आलुप्रतिको आर्कषण बढ्दो रहेको छ । यहाँ स्याउ बगैचा भित्र पनि किसानले अन्तरबालीको रुपमा आलु खेती गर्दैआईरहेको पाईन्छ ।
यहाँ सबैभन्दा बढी उपल्लो मुस्ताङ र वारागुङ मुक्तिक्षेत्रमा उत्पादन हुने आलुलाई थप विशेष महत्व दिने गरिएको छ । समून्द्री सतहको २७ सय मिटर माथिको क्षेत्रमा उत्पादन हुने भएकाले स्थानीयको आर्कषण उपल्लो मुस्ताङको आलुतर्फ बढेको हो । त्यसो त घरपझोङ र थासाङमा पनि किसानले आलु खेतीलाई विशेष महत्व दिएर खेती गर्दैआईरहेको पाईएको छ ।
मुस्ताङको तल्लो क्षेत्रमा किसानले फागुनमा आलुको बीउँ रोपेर भदौ महिनामा आलु निकाल्न थाल्छन् । उपल्लो मुस्ताङमा चैत्र÷बैशाख महिनामा आलुको बीउँ रोपेर असोज÷कार्तिक महिनामा खेतबारीबाट आलु खन्न सुरु गर्छन् । नगदेबाली भएको र सडक यातायातको सजह पहुँच भईसकेकाले यहाँ उत्पादित आलुको बजारिकरणमा कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्रको भनाई छ । यहाँ विकासे आलु र स्थानीय परम्परागत लोकल सेतो आलु उत्पादन हुने गरेको केन्द्र प्रमुख गुरुङको भनाई छ । यहाँ विकाश रातो आलु आशिंक उत्पादन हुने गरेपनि यहाँका किसानले बढी मात्रामा लोकल सेतो आलुको खेती गर्ने गरेको गुरुङले उल्लेख गर्नुभयो ।
यहाँ उत्पादन हुने आलु ६० प्रतिशत जिल्ला बाहिर निकासी हुने गरेको केन्द्रले बताएको छ । बाँकी ३० प्रतिशत आलु यही घरायसी प्रयोजन तथा होटल रेष्टुरेन्टहरुमा खपत हुने र उत्पादित १० प्रतिशत आलु बीउँको रुपमा स्थानीय किसानले बिक्री वितरण गर्ने गरेको केन्द्र प्रमुख गुरुङले बताउँनुभयो ।
घरपझोङ—५ ठिनीका किसान महेन्द्र थकालीले यहाँ किसानले उत्पादन गर्ने आलु सहजै बिक्री हुने गरेको बताउँनुभयो । उहाँले प्रति पाथी यहाँको आलु दुई सय रुपैयामा बिक्री भएको उल्लेख गर्नुभयो ।‘ आलु उत्पादन गरेर हाभेस्ट मात्रै गरेपछि आलु ब्यापारीहरु किसानको खेतमै पुगेर संकलन गर्ने गरेका छन,’ उहाँले भन्नुभयो, पैसा नगद पाईने र आलु खनेपछि बजार पु¥याउनु पर्ने समस्या छैन ।’ उहाँले मुस्ताङमा उत्पादन हुने आलु पोखरा—काठमान्डौ लगायतका सहरको तारे होटलसम्म पुग्ने गरेको जानकारी दिनुभयो ।
यहाँ मुस्ताङका आलु खेती गर्दैआईरहेको कृषि समुह ,सहकारी र फर्महरुलाई यहाँका स्थानीय तह, कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाई मुस्ताङले विभिन्न अनुदानका कार्यक्रम संञ्चालनमा ल्याउने गरिएको छ । यसबाट पनि यहाँका किसान स्याउ खेती जस्तै आलु खेतीमा समेत लाभान्वित हुँदै आईरहेको पाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली