छिटो छरितो र प्रविधिमैत्री वन्दै हुलाक सेवा
विश्वमा नै प्राचिन र अतिआवश्यक
संचार सेवाको रुपमा रहेको हुलाक सेवा मुस्ताङ जिल्लामा विसं २०३१ सालमा जिल्ला
हुलाक कार्यालयको नाममा मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा स्थापना भएको हो ।
तत्कालिन समयमा लेते,टुकुचे, मार्फा, मुक्तिनाथ, कागवेनी, चराङ, लोमन्थाङ र छोसेर गरी ८ आठ स्थानमा इलाका हुलाक कार्यालय र कुन्जो, कोवाङ, झोङ, छुसाङ, घमी, सुर्खाङ र छोन्हुपमा अतिरिक्त हुलाक कार्यालय स्थापना भई सेवा प्रवाह हुँदै आइरहेकोमा नविन प्रविधि टेलिफोन, मोवाइल इमेल र इन्टरनेटको विकास सँगै परम्परागत चिठीपत्र आदानप्रदान कार्यमा मात्रै सिमित जस्तै वन्न गएको हुलाक सेवाको काममा कमी भएको महशुस गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८०।१०।२५ गतेको निर्णयानुसार हुलाक सेवा विभाग र मातहातका निकायहरुको व्यवस्थापन र सर्वेक्षण स्वीकृत भए बमोजिम मुस्ताङ जिल्लामा एक स्थानीय तह एक हुलाकको अवधारण बमोजिम मिति २०८१।४।१ गतेदेखि ४ पालिका हुलाक कार्यालयहरु क्रमशः टुकुचे,कागवेनी,चराङ र लोमन्थाङमा र १ जिल्ला हुलाक कार्यालय,जोमसोम र ६ अतिरिक्त हुलाक कार्यालयबाट सेवा संचालन भैरहेको छ ।
यसअनुसार साविकका इलाका
हुलाक कार्यालयहरु लेते,मार्फा,मुक्तिनाथ र छोसेर खारेज भएका छन् । भने अतिरिक्त
हुलाक ( पाँचौ संशोधन) नियमावली २०८० अनुसार अतिरिक्त हुलाक कार्यालयमा कार्यरत
कर्मचारीहरु ५८ वर्ष पुगेमा अनिवार्य अवकाश दिने र नयाँ भर्ना नगर्ने निती बमोजिम
अतिरिक्त हुलाक कार्यालय छुसाङ खारेज भएको छ । जिल्ला हुलाक कार्यालय,मुस्ताङको
वारेमा विविध जानकारीका लागि वेवसाइट http://mustang.nepalpost.gov.np मा गएर हेर्न सकिन्छ ।
हुलाकी कर्मचारीद्वारा पैदल वोकी
डाँकआदानप्रदान भैरहेको डाँकसेवालाई जिल्ला हुलाक कार्यालय,मुस्ताङको पहलमा हुलाक
निर्देशनालय, पोखराले पृथ्वी राजमार्ग वस यातायात प्रा.लि. सँग सम्झौता गरी मिति
२०८२।०१।१२ गतेदेखि डाँक ढुवानी गर्न शुरु गरिसकेको छ ।
यस कार्यले जिल्ला हुलाक कार्यालय, मुस्ताङमा दर्ता भएका हुलाक वस्तुहरु २ दिनमा पोखरा र ४ दिनमा काठमाडौंमा र पोखरा दर्ता भएका हुलाक वस्तुहरु तल्लो मुस्ताङमा २ दिनमा र उपल्लो मुस्ताङमा ४ दिनमा सम्बन्धित व्यक्तिले आफ्नो घरमा प्राप्त गर्न सक्ने भएकाले सहज,सरल,सुलभ,विश्वसनीय तवरले स्वदेश तथा विदेशमा सामान आयात निर्यात गर्न हुलाक सेवालाई प्रयोग गर्न अनुरोध गर्दछौं । यससँगै जिल्ला हुलाकमा दर्ता भएका वस्तुहरु कुन ठाउँमा पुगे र कसले बुझ्यो भनी घरमै अनलाइनमा हेर्न सकिने प्रविधि PITS संचालन भइसकेको छ ।
यसका लागि www.gpo.gov.np मा
आन्तरिक ट्राकिङ प्रणाली खोलेर हुलाकमा दर्ता गर्दा प्राप्त वारकोड नम्वर इन्ट्री
गरिसकेपछि उक्त वस्तु कुन ठाउँमा छ वा सम्बन्धित व्यक्तिले बुझिसकेको छ अवस्था
थाहा पाउन सकिन्छ । विदेशबाट नेपालमा पठाएको सामान नेपालमा कुन ठाउँमा आइसकेको छ
भनी जानकारी लिन अन्तराष्ट्रिय ट्रयाकिङ प्रणालीमा गई हेर्न सकिन्छ ।यस प्रविधिको
माध्यामबाट चिठीपत्र बुझिसकेपछि हरायो भन्न नमिल्ने अवस्था रहन्छ ।बुझाउने
कर्मचारीको र बुझिलिनेव्यक्तिको मोवाइल
नम्वर सिस्टममा इन्ट्री गरिएको हुन्छ ।
परम्परागत रुपमा हुलाकमा चिठीमात्र
पठाउन सकिने भन्ने जनमानसमा रहेकोले हुलाकबाट स्वदेशभित्र कानुनले निषेध गरेको
वाहेक एक प्याकेटमा २० के.जि. सम्म र विदेशमा
एक प्याकेटमा २ के.जि. सम्म को सामान सरकारले संझौता गरेका देशहरुमा सरकारी
दररेटमा पठाउन सकिन्छ ।
हुलाक टिकट देशका लागि योगदान गरेका व्यक्ति तथा प्राकृतिक,धार्मिक ,पर्यटकीय स्थलहरुको प्रकाशन हुने भएकोले मुस्ताङ जिल्लाका आ-आफ्नो क्षेत्रमा भएका स्थलहरुको वारेमा जानकारी गराउन सन् २०२५/०२६ का लागि टिकट प्रकाशनार्थ प्रस्ताव पेश गर्न हुलाक सेवा विभागले मिति २०८२।०२।१२ गते सूचना प्रकाशन गरिसकेको छ । आफ्ना क्षेत्रमा रहेका क्षेत्रहरुको स्वदेश तथा विदेशमा समेत प्रचार प्रसार गर्ने उपयुक्त माध्यमकोरुपमा रहन सक्छ ।
यसको उपयोग गर्न
उक्त क्षेत्रको ऐतिहासिक,धार्मिक र पर्यटकीय महत्वका क्षेत्र भएमा सूचना बमोजिमके
प्रस्ताव तोकिएको समयभित्र पेश गर्न समेत
जिल्ला हुलाक कार्यालय, मुस्ताङ जिल्लास्थित गाउँपालिका,संघसंस्थाहरुसँग अनुरोध
गर्दछौं । नेपालमा प्रकाशित भएका हुलाक टिकटहरु विश्व हुलाक संघका सदस्यराष्टहरु
सवैमा पुग्ने भएकोले उक्त क्षेत्रहरुको राष्ट्रिय अन्तराष्ट्रिय रुपमा प्रचार
प्रसार हुन पुग्दछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता