जोमसोम— उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङमा १५ करोडको दुई सडक योजना परेको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा लोमान्थाङ गाउँपालिकाको लोमान्थाङका लागि दुई वटा सडक निर्माणमा बजेट विनियोजन गरेको हो ।
धार्मिक तथा ऐतिहाँसिक र पुरातात्विक सम्पदाले महत्वपूर्ण मानिएको पर्खालले घेरिएको लोमान्थाङलाई सडक सञ्जालले जोड्न बहुवर्षीय योजना अन्तर्गत मन्त्रालयले ५ करोड बजेट लागत स्टमेट गरिएको हो । गण्डकी प्रदेशका सासद नम्डु गुरुङको पहलमा पर्खालले घरिएको लोमान्थाङ बजारको पर्खाल वरिपरी ढलानसहितको १९ सय मिटर लामो र ६ मिटर चौडा सडक बाटो निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख अजय श्रेष्ठले जानकारी दिए । यो योजना सांसद गुरुङको छनौटमा प्राथमिकतामा परेको उनले बताए । पर्खालले घेरिएको ऐतिहाँसिक तथा धार्मिक र सांस्कृतिक संम्पदाले महत्वपूर्ण पर्यटकीय गन्तव्य लोमान्थाङ वरिपरी पक्की ढलान बाटो निर्माणका लागि केहीदिन भित्रै ठेक्का प्रक्रियामा लैजाने कार्यालय प्रमुख श्रेष्ठको भनाई
माटोको सहरको रुपमा उपमा पाएको लोमान्थाङ पर्खाल वरिपरी मुस्ताङी सांस्कृतिक राजाको दरबार छ। पर्खाल भित्र छोदे गुम्बा र ऐतिहाँसिक माने छोर्तेन र ढुङ्गा र माटोले बनेका पुराना घरहरु अवस्थित छन् । पर्खालले वरिपरी ढलानसहितको सडक निर्माण गरी त्यहाँ अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजताको लागि गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले त्यहाँ बहुवषीय योजनाका रुपमा बजेट सुनिश्चितता गरेको हो ।
लोमान्थाङ पर्खाल वरिपरी ढलान सडक निर्माण योजनाका लागि जेनेक्स ईन्जिनीयर सोलुसन प्रा.लि.ले ३ महिना अघि डिपिआर फाईनल गरेको थियो । लोमान्थाङ पर्खाल वरिपरी ढलान सडक निर्माणका लागि मन्त्रालयले सहमती दिईसकेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
यसैगरी गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयलेआर्थिक वर्ष २०८०÷०८१ का लागि ‘एक निर्वाचन क्षेत्र एक सडक’ अन्तर्गत लोमान्थाङका लागि १० करोड बजेट विनियोजन गरेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले ‘एक निर्वाचन क्षेत्र एक सडक’अन्तर्गत गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ९ जिल्लाका प्रदेश निर्वाचन क्षेत्रलाई बहुवर्षीय योजनाका लागि ५ करोड र हिमाली जिल्ला मुस्ताङ र मनाङका लागि १० करोड बजेट सुनिश्चित गरिएको हो ।
सो योजना अन्तर्गत लोमान्थाङ स्वागत गेटदेखि लोमान्थाङ पर्खाल हुँदै ढाकरनांगसम्मको १९ सय मिटर दुरीमा सडक स्तरोन्नति गरिने छ । जसमध्ये सुरुको १५० मिटर सडकमा ४ मिटरको ढलान सडक,त्यसपछिको १५० मिटर दुरीमा ६ मिटर चौडा सडक हुनेछ । यसैगरी तेस्रो फेजको २ सय मिटरमा ७ मिटर सडक चौडा हुनेछ भने अन्तिम फेजमा ५ दशमलव ५ मिटर सडक चौडा हुनेछ ।
यो सडकका लागि आन्तरिक मामिला मन्त्रालयको सहमती आई नपुगेको कार्यालय प्रमुख अजय श्रेष्ठले जानकारी दिए । लोमान्थाङ बजारको मुख्य सडकदेखि उत्तर जोमसोम—कोरला मुख्य राजमार्ग सडकको एक निर्वाचन क्षेत्र एक सडक योजनाका लागि पनि ३ महिना अघि जेनेक्स ईन्जिनीयरिङ सोलुसन प्रा.लि.ले डिपिआर तयार गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली