मुस्ताङको तिरी गाउँद्वारा बाढी प्रभावितलाई एक लाख ९८ हजार बढी सहयोग

मुस्ताङको सानो गाउँ तिरी तर मनको धनी

मुस्ताङ,१७, भदौ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ तिरी गाउँद्वारा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको उद्दार तथा राहतका लागि एक लाख ९८ हजार ५८५ रुपैया सहयोग गरेको छ ।  तिरी गाउँको गुठी,आमा समुह,बुद्धिस लामा,कृषि फार्म र तिरी गाउँका स्थानीय नागरिकहरुबाट संकलन गरिएको उक्त उद्दार तथा राहत सहयोग रकम बुधबार मुस्ताङको पुथाङ एयरपोर्ट स्थित नेपाल बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषमा जम्मा गरिएको हो ।

भाटेकोशीमा आएका विनाशकारी बाढीबाट रसुवा,नुवाकोट,धादिङ,गोरखा,चितवन र नवलपुर लगायतका जिल्लाहरु प्रभावित बनेको थियो । दैवी प्रकोप तथा प्राकृतिक विपत्तिको बेला मानवीय सहयोग गरी पीढितहरुको घाउमा मलमपट्टी लगाउनु मानवीय धर्म भएको उल्लेख गर्दै मुस्ताङको तिरी गाउँमा बाढी पीडितहरुको सहयोगार्थ राहत रकम संकलन गरिएको थियो ।

 भोटेकोशी बाढी प्रभावित क्षेत्रको उद्दार तथा राहत सहयोगका लागि मुस्ताङको सानो गाउँबाट राहत रुपैया संकलन गरी बाढीपीडितको सहयोगमा पठाईनु प्रशंसनीय कार्य भएको बताईएको छ ।

तिरी गाउँका स्थानीय आङ्ग्या गुरुङका अनुसार तिरी गाउँ गुठीबाट पचास हजार ५ रुपैया,तिरी आमा समुहबाट पच्चिस हजार रुपैया, ढुक्टा लामा तिरीबाट पच्चिस हजार रुपैया,ङवाङ हिमी कृषि तथा पशुपन्छी अर्गानिक फार्मकी प्रोपाईटर छिरिङ ढोका गुरुङबाट एकाउन्न हजार ५०५ रुपैया, कोलु गुरुङबाट दश हजार ५ रुपैया,टसी गुरुङबाट दश हजार १० रुपैया,छिरिङ ढल्पो गुरुङबाट पाँच हजार ५ रुपैया, पेमा ल्हेन्टुक गुरुङबाट पाँच हजार ५ रुपैया, धोर्जे गुरुङबाट पाँच हजार ५ रुपैया,छिरिङ ढोक्या गुरुङबाट तीन हजार ५० रुपैया र ङङटुक गुरुङबाट तीन हजार रुपैया संकलन भएको हो ।

 भोटेकोशी बाढीपीडितहरुको राहतका लागि गाउँबाट संकलित रकम बुधबार स्थानीय आङ्ग्या गुरुङले नेपाल बैंक जोमसोममा पुगेर जम्मा गर्नुभएको हो ।


प्रतिक्रिया