लुप्रामा प्रहरीको सामाजिक अपराध न्यूनिकरण अभिमुखिकरण सम्पन्न

जोमसोम— सदरमुकाम जोमसोमदेखि करिव २० किमी उत्तर÷पूर्वमा अवस्थित ओझेलमा परेको गाउँ लुप्रामा प्रहरीले सामाजिक अपराध न्यूनिकरण सम्वन्धि अभिमुखिकरण गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको प्रमुख आतिथ्यतामा वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा गाउँमा मंगलबार मुस्ताङ प्रहरीले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत स्थानीय बासिन्दालाई सामाजिक अपराध न्यूनिकरण कार्यक्रम गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले जिल्लाका ५ वटै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी अवधारण अन्तर्गत लागु औषध दुव्र्यसन तथा सामाजिक अपराध न्यूनिकरण सम्वन्धि कार्यक्रम गर्दैआईरहेको छ । ओझेलमा परेका गाउँ लुप्राको आमा समुहको समाजघरमा सामाजिक अपराध न्यूनिकरण सम्वन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको मुस्ताङका प्रनाउ भोजराज पाण्डेले जानकारी दिए ।

 वारागुङ मुक्तिक्षेत्र—१ वडासदस्य पाल्साङ छिरिङको अध्यक्षमा सम्पन्न कार्यक्रममा लुप्रा गाउँका १७ जनाको उपस्थिती रहेको थियो ।

लुप्रा गाउँमा आयोजिक सामाजिक अपराध न्यूनिकरण अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र प्रनाउ भोजराज पाण्डेयले सहजीकरण गरेका थिए । प्रहरीले आयोजना गरेको सामाजिक अपराध न्यूनिकरण कार्यक्रम समय सान्दर्भिक र महत्वपूर्ण भएको वडासदस्य पाल्साङ छिरिङले उल्लेख गरे  ।


प्रतिक्रिया