कागबेनी—घमी (आइइ) स्वीकृत, कोरलासम्म कालोपत्र हुने

उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तारि आयोजना अन्तर्गत मुस्ताङको  वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीदेखि उत्तरी कोरलानाकासम्मको ९७ किलोमिटर दुरीको ग्राभेल सडकमा कालोपत्रे हुँने निश्चित भएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा मुस्ताङको (कागबेनीदेखि कोरला) सम्मको ९७ किमी सडकमा कालापत्रेको गर्ने गृहकार्य अघि बढेको थियो ।

राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजना अन्तर्गत चालु आर्थिक वर्षको असार मसान्तसम्म कागबेनीदेखि उत्तरी चीनसंग सीमाना जोडिएको कोरलानाकासम्म प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आई.ई.ई.) प्रस्ताव स्वीकृत हुने सुनिश्चित भएसंगै (कागबेनी—कोरला) ग्रोभल सडकलाई कालोपत्रेमा रुपान्तरण गर्ने मार्ग प्रसस्त भएको हो ।

 भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना लोकमार्ग निर्देशानालय मार्फत पेश गरिएको वारागुङ मुक्तिक्षेत्रड—४ कागबेनीदेखि लोघेकर दामोदरकुण्ड—२ घमीसम्मको ५० किलोमिटर सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याकंन (आईई) प्रस्ताव स्वीकृत भईसकेको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडकका आयोजना प्रमुख ध्रुव झाले जानकारी दिनुभयो । आयोजना प्रमुख झाले कागबेनी घमी सडकको आईई प्रस्ताव बिहिबार ्मात्रै स्वीकृत भएको र अब थप घमीदेखि उत्तरी कोरलानाकासम्मको ४७ किमी ग्राभेल सडकमा कालोपत्रे गर्नका लागि वातावरण प्रभाव मूल्याकंन (आईई)को प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । ‘ कागबेनी—घमी सडकलाई कालोपत्रे गर्न पेश गरिएको आईई प्रस्ताव स्वीकृत भएको छ, अब हामीले घमीदेखि कोरलासम्मको बाँकी सडकलाई पनि कालोपत्रे ठेक्का लगाउन बाटो खुल्ने गरी आईई प्रस्तावलाई तदारुकता साथ अघि बढाईसकेका छौं,’आयोजना प्रमुख झाले भन्नुभयो,‘ दोश्रो फेजको घमी—कोरलाको पनि अब २÷३ महिना भित्रै आईई प्रस्ताव स्वीकृत हुनेछ, आईई सकिएपछि कागबेनीदेखि कोरलासम्मकै बहुवर्षीय कालोपत्रे ठेक्काका लागि अर्थमन्त्रालयबाट बजेट श्रोत सुनिश्चित पक्का छ ।’ 

  ‘कार्तिक महिनासम्म कागबेनी—घमीसम्मको ५० किलोमिटर सडक आईई प्रस्ताव स्वीकृत हुन सकेको भए कागबेनी—घमीसम्मको ५० किमी कालोपत्रेका लागि बजेट श्रोत सुनिश्ति हुने थियो, तर प्राविधक कारणले आईई प्रस्ताव स्वीकृत हुन ढिलाई भयो, यस कारणले चालु वर्ष कागबेनी—छुसाङ ९ दशलमव ८ किमीको मात्रै श्रोत सुनिश्चित भएको हो ।’—आयोजना प्रमुख झाले भने ।

 राष्ट्रिय प्रकृति संरक्षण कोष ,अन्नपूर्ण संरक्षण आयोजना क्षेत्र भएकाले एकै पटकमा वातवरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रस्वात पेश गर्न कानुनी जटिलता उत्पन्न भएको हो ।  यसैका खातिर आयोजनाले  ५० किमी दुरी मापन गरी दुई चरणमा सम्पन्न गर्ने गरी आईई प्रस्ताव अघि बढाएको आयोजना प्रमुख झाले प्रष्ट्याउनु भयो ।  कागबेनी—घमी सडकको आईई उत्तर÷दक्षिण लोकमार्ग निर्देशानालयले सम्पन्न गरेको र दोश्रो फेजको घमी—कोरला सडकको आयोजनालेनै आईई प्रस्ताप स्वीकृत गराउने योजना रहेको आयोजना प्रमुख झाले बताउँनुभयो ।  कागबेनी—देखि कोरलासम्मको स्थलगत दुई चरणमा फिल्ड अध्ययन गर्ने कार्य पुरा भईसकेको छ । 

यसअघि आयोजनाको समन्वयमा कोरलासम्मको सडकमा प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली ,सांस्कृतिक प्रणाली र  आर्थिक प्रणालीबीच केकस्ता असर पर्न सक्ने बिषयमा स्थानीय स्तरमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । त्यहाँको शैक्षिक, स्वाथ्य, खानेपानी लगायतका बिषयमा स्थानीय जनप्रतिनिधि,एक्याप र स्थानीय नागरिकहरुसंग सामुहिक नागरिक सुनुवाई गरिएको थियो ।

 लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उत्तरी कोरलानाकालाई सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउँनुभयो । उहाँले चीनको मानसरोवर जाने पर्यटक ,नेपाल—चीन व्यापार र आन्तरिक पर्यटन प्रर्वद्धनका लागि उत्तरी कोरलानाका महत्वपूर्ण भएकाले यहाँको सडक पूर्वाधारमा सरकारले कन्जुस्याई गर्न नहुने जनाउँनुभयो ।  कोरलासम्मकै लागि चालु वर्ष आईई प्रस्ताव स्वीकृत हुने सुनिश्ति भएकाले मुस्ताङका लागि गौरवको बिषय भएको अध्यक्ष बिष्टको भनाई छ 

भारतीय नाकाबन्दीपछि आ.व. २०७३÷०७४ सालदेखि सुरु भएको कोरलानाका जोड्ने उत्तर÷दक्षिण ब्यापारिक  मार्ग विस्तारित आयोजना अन्तर्गत बेनी—जोमसोम कोरला सडकमा हालसम्म  मालढुंगादेखि छुसाङसम्म एक सय १५ किमी सडकको कालोपत्रे ठेक्का लागेको आयोजनाले जनाएको छ । यस्तै आयोजना अन्तर्गत ३ वर्ष अगावै जोमसोम—कोरला एक सय १० किमी सडकको ग्राभेल पुरा भएकोमा हाल ९७ किलोमिटर ग्राभेल छ । कोरला सडक अन्तर्गत हालसम्म कालोपत्रे भौतिक प्रगती ७५ प्रतिशत रहेको र कागबेनी—कोरला ९७ कि.मी. ग्राभेल अवस्थामा छ ।

चालु आ.व.को माघ महिनामा अर्थ मन्त्रालयले कागबेनी—छुसाङ सडकका लागि  ५० करोड बजेट श्रोत सुनिश्चित गरेको छ । यसको ठेक्का प्रक्रिया अघि बढिसकेका् आयोजनाकाले जनाएको छ ।

 कोरला सडकको ३२ करोड बजेट कटौतीः

 राष्ट्रिय गौरवका (बेनी—जोमसाम—कोरला) सडकको लागि विनियोजन भएको बजेटमा ३२ करोड बजेट अर्थमन्त्रालयबाट कटौती भएको आयोजना प्रमुख ध्रुव झाले जानकारी दिनुभयो । आयोजना प्रमुख झाले चालु वर्ष  ९० करोड बजेट विनियोजन भएकोमा ५८ करोडमा झारिएको बताउँनभयो । ‘ कोरला सडकको बजेट अन्य आयोजनामा रकामान्तर गरिएको रहेछ,यो सारैनै अन्याय हो,’ आयोजना प्रमुख झाले भने,’ यसरी विनियोजन भएको बजेट कटौती हुँदै जाने हो भने आयोजनाका काम अघि बढाउन समस्या हुन्छ । उहाँले बजेट कटौती गर्दै जाने हो भने अन्य योजनाहरु प्रभावित हुनसक्ने बताउँनुभयो ।


प्रतिक्रिया