मुस्ताङमा मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले सोमबार राति पक्राउ गरेको छ । रसुवा जिल्ला उत्तरगंगा गाउँपालिका—५ स्थायी घरभई मुस्ताङको घरपझोङ—२ मार्फा स्थित कोठा भाडामा लिएर ज्याला मजदुरी गर्दै आईरहेका २३ वर्षीय अश्विन थापामगरले आफ्नै श्रीमति ३१ वर्षीय शान्ति गुरुङको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार श्रीमान अश्विन थापामगरले सोमबार दिउँसो करिव २ बजेको समयमा घरायसी झै—झगडाका कारण मादक पदाथ सेवन गरी मुस्ताङको मार्फा स्थित आफु बस्ने कोठामा रहेको सल्लाको दाउराले श्रीमति शान्ति गुरुङको टाउँकोमा प्रहार गर्दा श्रीमति गुरुङको घटनास्थलमै मृत्यु भएको जनाईएको छ ।
गोर्खा जिल्ला बारपाक गाउँपालिका—१ माईतिघर भएका मृतक गुरुङ मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा कोठा भाडामा लिएर ज्याला मजदुरी गर्दैआईरहेका थिए । घरायसी झगडाका कारण श्रीमान अश्विन थापामगरले दाउराले श्रीमतिको टाउँकोमा प्रहार गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटना सम्वन्धि सूचना स्थानीयले सोमबार राति जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुुगेको थियो । प्रहरी अनुसन्धानमा खटिएको प्रहरी टोलीले अनुसन्धान तथा घटनास्थलको विवरण र लाशको प्रकृति सम्वन्धि मुचुल्का तयार गरेको थियो । प्रहरी अनुसन्धान टोली घटनास्थलमा पुग्दा मृतक गुरुङको लाश कोठामा उत्तानो परेको अवस्थामा फेला परेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
श्रीमति हत्या अभियोगमा पक्राउ परेका श्रीमान अश्विन थापामगरलाई मंगलबार जिल्ला प्रहरी कार्यालयबाट जिल्ला अदालत मुस्ताङमा १० दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिनुभयो । घटना सम्वधमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक न्यौपानेले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता