प्रदेश स्तरीय हाजिरी जवाफमा थासाङको ताक्लुङ आधारभूत तृतीय



जोमसोम—गण्डकी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मुस्ताङ थासाङ गाउँपालिका—५ कुञ्जोको ताक्लुङ आधारभूत विद्यालयले तृतीय स्थान हासिल गरेको छ । गण्डकी प्रदेशको ११ वटा जिल्ला सहभागि रहेको प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा  प्रदेशका ८ जिल्लालाईपछि पार्दै ताक्लुङ आधारभूत विद्यालयले तृतीय स्थान हासिल गर्न सफल भएको हो ।

शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले शुक्रबार ‘शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०८१ अन्तर्गत प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा सुन्तलाचौर मा.वि.,जनता मा.वि.,विजुवा मा.वि.,जैमिनी नगरपालिका बाग्लुङबाट सहभागी मिना सारु थापा, दिनेश शर्मा र दिपक शर्माको टोलीले प्रथम स्थान हासिल गरेको छ । यस्तै, रत्नराज्य मा.वि.,जनक मा.वि. र जनक मा.वि. नवलपरासी (वर्दघाट सुस्ता पूर्व)बाट सहभागी नवराज काफ्ले, राकेश गुप्ता र मधुविलास घिमिरेको टोली दितीय भए ।

 गण्डकी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मुस्ताङको ताक्लुङ आधारभूत विद्यालयबाट सहभागी विनोद थापा, कासिराम शर्मा र शुस्मा शेरचनको टोली थिए ।

प्रतियोगितामा तृतीय स्थान हासिल गर्दै ताक्लुङ आधारभूत विद्यालयले नगद १५ हजारसतिह प्रमाणपत्र प्राप्त गरेको सामाजिक विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिए ।

 यसअघि  गण्डकी प्रदेश स्तरीय ‘शिक्षक —विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमका लागि सामाजिक विकास कार्यालय मुस्ताङले जिल्लामा आन्तरिक प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धामा कुल ९ वटा विद्यालय मध्ये ताक्लुङ आधारभूत विद्यालय छनौट भएको थियो ।

जिल्लाको आन्तरिक प्रतिस्पर्धामा विद्यार्थी नृत्य प्रतियोगितामा प्रथम भएको जनआदर्श अमरसिंह माध्यमिक विद्यालय कोवाङ परीक्षा चलेका सहभागी जनाउन नसकेको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख सापकोटाको भनाई छ ।



प्रतिक्रिया