जोमसोम ।
नेकपा (एमाले)का गण्डकी प्रदेश सचिवालय सदस्य एवं पूर्व प्रदेशसभा सदस्य ईन्द्रधारा बिष्ट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् । शनिबार एमालेको केन्द्रिय सचिवालय बैठकले बिष्टलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउँने निर्णय गरेको हो ।
यसअघि घोषित प्रतिनिधिसभा सदस्य पदका लागि मुस्ताङबाट बिष्टसहित तीन जनाको नाम सिफारिस गरिएको थियो । एमाले जिल्ला कमिटी मुस्ताङले पठाएका संम्भावित उम्मेदवारको सूचिमा बिष्ट पहिलो प्राथमिकतामा परेका हुन् । योसंगै मुस्ताङमा माथिल्लो भेंकमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने पहिलो भएका छन् । उनी राजनीतिक यात्रासंगै समाजसेवा र खेलकुद क्षेत्रमा पनि आवद्ध छन् ।
मुस्ताङ गल्फ कोर्शका संयोजक समेत रहेका एमाले उम्मेदवार बिष्टले उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धनका लागि गल्फ खेलकुलको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएका छन् ।
यसअघि २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभा उम्मेदवार बन्ने चाहना राखेका भएपनि बिष्ट प्रदेशसभा सदस्यकै उम्मेदवारमा सीमित रहेका थिए । एमाले केन्द्रिय सचिवालयको यसप्रकारको निर्णयसंगै उपल्लो मुस्ताङमा बिष्टको उम्मेदवारीप्रति खुसियाली प्रकट गरिएको छ ।
उत्तर÷दक्षिण जोड्ने कोरलानाका संञ्चालन तथा समग्र मुस्ताङ जिल्लाको पर्यटन विकासमा एमाले उम्मेदवार बिष्टको योगदान अतुलनीय रहेको जनाईएको । उपल्लो मुस्ताङलाई अध्यागन विभागले निषेधित तथा नियन्त्रण क्षेत्रमा हटाउनु पर्छ भन्ने निरन्तर आवाज उठाउँदै आईरहेका बिष्टले समग्र मुस्ताङ जिल्लाको प्रतिनिधित्व गर्ने चुनावी मैदानमा होमिने योजना बनाएका छन् । वि.सं २०७९ को प्रदेशसभा सदस्यमा पराजय ब्यवहोर्नु परेको हारको शिक्षा ,कमकमजोरीहरुलाई औल्याएर समग्र मुस्ताङबासीहरुको हकहित र विकासमा लागि पर्ने प्रतिवद्धवता जनाउँदै आफु जनताको सेवक भएर काम गर्ने प्रतिवद्धवता जनाएका छन् ।
यसैगरी एमाले उम्मेदवार बिष्टसंगै मुस्ताङमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट घरपझोङ—५ ढुम्बा निवासी स्थानीय ङुटुक गुरुङ (टाईगर) पनि दोस्रो पटक प्रतिनिधिसभाका लागि उम्मेदवार बन्न टिकट पाएका छन् । वि.स. २०७० सालको प्रतिनिधिसभामा झिनो मतान्तरले पराजित भएका गुरुङले यसपालिको निर्वाचनमा पून ः निर्वाचन प्रतिस्पर्धा गर्ने निश्चित भईसकेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस र रास्वपाले उम्मेदवार सार्वजनिक गरेका छैनन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता