जोमसोम— मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङमा फरक÷फरक विधाका तीन जना प्रतिष्ठित स्रष्ट्रा सम्मानित भएका छन् । उनीहरुलाई ओमविकास गौचन तथा देउकुमारी स्मृति प्रथिष्ठानले शुक्रबार एक कार्यक्रमका बिच दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको होे ।
२०६२ साल चैत्र ३० गते अकल्पनीय घटनामा परी दिवंगत हुनु भएका तत्कालिन सांसद एवं समाजसेवी ओमविकास गौचन र धर्मपत्नी देउकुमारी गौचनको १८ औं स्मृति दिवस , प्रतिष्ठानको तेस्रो अधिवेशन तथा छैटौ साधारण सभा कार्यक्रममा प्रतिष्ठानले दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेको हो ।

लोपोन्मुख समुदाय मध्येको थकाली जातीले विभिन्न चाडपर्वहरुमा गाउने थकाली भाषाको गीत रचना गर्दै थकाली संस्कृतिको संरक्षण,संम्वद्धन र प्रर्वद्धनमा महत्वपूर्ण योगदान पू¥याएको उल्लेख गर्दै घरपझोङ—४ जोमसोम निवासी ७० वर्षीय नरेन्द्र कुमार तुलाचनलाई प्रतिष्ठानले सम्मान गरेको हो । थकाली गीतका लागि सृजनशील भूमिका निभाउँदै १० वटा थकाली गीत लेखिसकेका तुलाचनले कतिपय गीतमा आफैले गाईसकेका छन् । २०५४ सालदेखि हालसम्म थकाली भाषाको गीत रचना गर्ने र विभिन्न चाडपर्वमा थकाली गीत मार्फत संस्कृति संरक्षण र समुत्थानमा अतुलनीय योगदान गर्दैआईरहेका जोमसोमका तुलाचनलाई प्रतिष्ठानले कोवाङमा भव्य सम्मान गरेको हो ।
ओमविकास तथा देउकुमारी प्रतिष्ठानले लामो समयसम्म कोवाङ स्थित जनआदर्श अमरसिंह माध्यमिक विद्यालयको प्रधानाध्यापक भई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पू¥याएको, थासाङ गाउँपालिकाको भुखिया र तेह्र गाउँको मिरमुखिया भई सामाजिक योगदान पू¥याएको भन्दै थासाङ गाउँपालिका—२ कोवाङका ८३ वर्षीय जुहार भट्टचनलाई दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेको हो । शैक्षिक व्यक्ति एवं समाजिक योगदान पू¥याएका भट्टन २०२१ सालदेखि जनआदर्श अमरसिंह माध्यमिक विद्यालयमा प्रधाानाध्यापक भई ९ वर्ष काम गरेका थिए ।
यसैगरी प्रतिष्ठानद्वारा घरपझोङ गाउँपालिका—५ की सफल महिला उद्यमी ६० वर्षीय ज्ञानु थकालीलाई पनि सोही समारोहमा दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मानित गरिएको थियो । सम्मानित सफल महिला उद्यमी थकालीले २०५८ सालदेखि २०७४ सालसम्म कुमारी माडा उद्योग दर्ता गरी मुस्ताङमा उत्पादित फmलफूलहरु प्रशोधन गरी उद्योग प्रर्वद्धन र विकासमा योगदान दिएको प्रतिष्ठानले उल्लेख गरेको छ । उनले आफ्नो उद्योगमा ५ जनालाई रोजगारी समेत दिएकी छिन् । उनको उद्योगमा स्याउका परिवकारहरु एप्पल क्यान्डी, एप्पल माडा,स्याउ र खुर्पानीका सुकुटी ,स्याउ प्रशोधन गरी जाम र साईडर आदी बनाएर बिक्री गर्ने गरेकी छिन् ।

प्रतिष्ठानले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सर्वउत्कृष्ट अंक प्राप्त गरी जिल्ला टप्ने विद्यार्थीलाई नगद १० हजारसहित प्रमाणपत्रले सम्मान गरेको छ । एसईई २०७९ मा जिल्लामै सर्वउत्कृष्ट अंक ल्याई जिल्ला प्रथम हुने थासाङ—२ कोवाङकी छात्रा सिमा भट्टचनलाई नगदसहित सम्मान गरेको हो । उनले धौलागरी बोर्डिङ स्कुल जोमसोमबाट २०७९ मा एसईई परीक्षा दिएकी थिईन् ।
यसैगरी दलित कोटातर्फ एसईई परीक्षामा सर्वउत्कृष्ट अंक ल्याउने जनहित माध्यमिक विद्यालयका छात्र रोहित विकलाई नगदसहित सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।
सम्मानित व्यक्तित्व तथा पुरस्कृत विद्यार्थीहरुलाई संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ, उपप्रमुख आईतेलाल थकाली र प्रतिष्ठानकी अध्यक्ष सवी शेरचन गौचनले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।

यसअघि प्रतिष्ठानको १८ औं स्मृति दिवस , तेस्रो अधिवेशन तथा छैटो साधारण सभाको प्रमुख अतिथि संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङले पानसमा दिपप्रज्वलन गरी उद्घाटन गरेका थिए । संविधान सभा सदस्य गुरुङले तत्कालिन सांसद ओमविकास गौचन जिवनी बारे चर्चा गरे । उनले तत्कालिज सांसद गौचनले राजनीति व्यक्तित्व मात्र नभई सामाजिक क्षेत्रमा समेत अतुलनीय योगदान पू¥याएको बताए । जिसस उपप्रमुख आईतेलाल थकालीले दिवंगत तत्कालिन सांसद गौचन मुस्ताङका लागि पथप्रदर्शक भएको बताए । सामाजिक ,शैक्षिक योगदान मात्र उहाँले राजनीतिमा मुस्ताङका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे । जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका अध्यक्ष कृष्णकुमार शेरचनले स्वर्गाीय गौचन दिएका योगदानलाई निरन्तर पछ्याउन सकेमात्र सच्चा श्रद्धान्जली अर्पण हुने बताए । स्वर्गीय बुबा गौचनको नाममा प्रतिष्ठान गरी सामाजिक क्षेत्रमा योगदानी पू¥याएकी सवी गौचन शेरचनको समेत मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रममा नरसिंह गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष ईन्दुकुमार शेरचनले समेत अधिवेशन तथा साधारण सभा सफलताको शुभकामना दिएका थिए ।
प्रतिष्ठानको तेस्रो अधिवेशन तथा छैटौ साधारण सभाले प्रतिष्ठानको समिति पुर्नगठन गरेको छ । पूर्नगठित समितिको अध्यक्षमा सवि गौचन शेरचन तेस्रो कार्यकालका लागि दोहोरिएकी छिन् । समितिको वरिष्ठ उपाध्यक्षमा गिरिसिंह शेरचन, महिला उपाध्यक्षमा सर्मिला गुरुङ, सचिवमा गौतम शेरचन, कोषाध्यक्षमा जीवन थकाली र सहसचिवमा सृजना फगामीलाई सर्वसम्वत चयन गरिएको प्रतिष्ठानले जनाएको छ । सदस्यहरुमा महेन्द्र शेरचन, तेजेन्द्र गौचन, दिपक थकाली, गोबिन्द बागदास,सोजन हिराचन,लक्ष्मी विके र जमुना घताने छन् ।
प्रतिष्ठानकी अध्यक्ष सवी गौचन शेरचनले स्वर्गीय बुबा ओमविकास र स्वर्गीय माता देउकुमारीको योगदानलाई पछिल्लो पुस्तासम्म स्मरण र ताजा राख्न प्रतिष्ठान गठन गर्नुपरेको बताईन् । उनले प्रतिष्ठान मार्फ कृषि,शिक्षा,स्वास्थ्य र सामाजिक व्यक्तिहरुको सम्मान र उत्प्रेरणा जागृत गर्न संस्थाले भूमिका निर्वाह गरिरहेको जानकारी दिईन् ।
प्रतिष्ठानको स्मृति सभा ,अधिवेशन र साधारण सभा कार्यक्रममा जनआर्दश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए ।
यसअघि थासाङ—२ खन्तीमा रहेको दिवंगत तत्कालिन सांसद ओमविकास गौचनको शालिकमा सविधान सभा सदस्य गुरुङ र प्रतिष्ठानकी अध्यक्ष सवी गौचन शेरचन लगायतले खादा लगाएर माल्यापर्ण गरी श्रद्धान्जली अर्पण गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता