मुस्ताङको धार्मिक तथा सांस्कृतिक मौलिकता काठमान्डौंमा देखाईने

जोमसोम— गण्डकी प्रदेशकै पर्यटकीय धरोहरको रुपमा रहेको हिमाली जिल्ला मुस्ताङको जिवन्त ऐतिहाँसिक, धार्मिक तथा सांस्कृतिक मौलिकतालाई  काठमान्डौंमा उजागर गरिने भएको छ । हिमाली जिल्ला मुस्ताङको धार्मिक,सांस्कृतिक,ऐतिहाँसिक,भेषभुषा ,रहनसहन  र जीवनशैली समेटिने गरी काठमान्डौंमा बृहत प्रथम मुस्ताङ फेस्टिबलको तयारी गरिएको हो ।


 हिमाली जिल्ला मुस्ताङको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित लो मुस्ताङ वेलफेयर ट्रस्टले आउँदो फेब्रुअरी २ र ३ तारिख अर्थात माघ १९ र २० गते पहिलो पटक देशकै प्रमुख सहर राजधानी काठमान्डौंमा मुस्ताङ फेस्टिबल आयोजना गर्न लागेको हो । काठमान्डौंको बौद्ध स्थित तारागाउँ (हायात) रिजेन्सी होटलमा दुई दिनसम्म मुस्ताङ फेस्टिबल आयोजना हुँने यसका प्रतिनिधि छिरिङ फेन्जो गुरुङले जानकारी दिए । आयोजक लो मुस्ताङ वेलफेयर ट्रस्टले हिमाली जिल्ला मुस्ताङको संम्पूर्ण मौलिक तस्विरलाई विभिन्न माध्यमबाट काठमान्डौंमा पस्किने गरी ‘ब्रिङ्गिङ मुस्ताङ टु काठमान्ठौं’ उद्घोषसहित मुस्ताङ फेस्टिबलको तयारी सुरु गरेको आयोजक प्रतिनिधि गुरुङको भनाई छ ।


फेस्टिबलमा समग्र मुस्ताङ जिल्लाको परिचय उजागर गरिने र यसले हिमाली जिल्ला मुस्ताङसहित गण्डकी प्रदेशकै पर्यटन प्रर्वद्धनमा टेवा पू¥याउन योगदान दिने आयोजक प्रतिनिधि गुरुङले दावी गरे । पहिलो पटक आयोजना गरिने तयारी गरिएको मुस्ताङ महोत्सवमा  श्रव्य दृष्य कलासंस्कृति,फोटोग्राफी,प्रदर्शनी,वृतचित्र,हस्तकला र अन्य स्टल बिक्री केन्द्र रहने जनाएको छ ।


 उत्तरी छिमेकी देश चीनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको धार्मिक,कलासंस्कृति,रहनसहन,भेषभुषा र मौलिकता तिब्बतीयन संस्कृतिसंग मिल्दोजुल्दो छ । त्यहाँ बोलिने भाषा,संस्कृति,धर्म र र भेषभुषा तिब्बती संस्कृतिसंग समान रहेकाले पनि उपल्लो मुस्ताङ भौगोलिक ,धार्मिक र सांस्कृतिक हिसावले निकै महत्वपूर्ण रहेको छ । उपल्लो मुस्ताङमा सदियौं वर्ष पुराना दरबार, गुम्बा,म्हाने स्तुफा र प्राचिन गुफाहरु अवस्थित छ । उपल्लो मुस्ताङमा अवस्थित धार्मिक,सांस्कृतिक र ऐतिहाँसिक सम्पदा नियाल्न विदेशी पर्यटकहरु महङ्गो खर्च गरेर त्यहाँ जाने गर्छन ।

आयोजक लो मुस्ताङले तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङको कोरलासम्मका धार्मिक तथा सांस्कृतिक,जैविक विविधिता ,पर्यटकीय स्थल र सबै समुदायहरुको कलासंस्कृतिलाई एउँटै मञ्चबाट प्रर्दशन गर्ने लक्ष्य राखेको आयोजक प्रतिनिधि छिरिङ फेन्जो गुरुङले जानकारी दिए ।


 मुस्ताङमा अवस्थित संम्यता र संस्कृतिलाई महोत्सवका माध्यमबाट उजागर गरी बढी भन्दा बढी पर्यटक मुस्ताङ भित्र्याउने उद्देश्यसहित काठमान्डौं मुस्ताङ फेस्टिबलको आयोजना गर्ने तयारी गरिएको उनले बताए  ।


हिउँदयामा जाडो छल्न उपल्लो मुस्ताङीहरु अहिले बेसीमा छन् । पोखरा—काठमान्डौं लगायतका स्थानमा छरिएर रहेका उपल्लो मुस्ताङीलाई एकत्रित गर्दै राजधानी काठमान्डौ मुस्ताङ फेस्टिबलको तयारी गरिएको हो । 


फेस्टिबलमा मुस्ताङीहरुको आफ्नो धार्मिक तथा सांस्कृतिक कलासंस्कृतिलाई  श्रव्य÷दृष्य तथा ,फोटो प्रर्दशनी मार्फत उजागर गरिने योजना रहेको बताईएको छ ।


फोटो फाईल : सुन्दरकुमार थकाली 


प्रतिक्रिया