जोमसोम— नेपाल—चीन उत्तरी कोरलानाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकतोक नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रबार लोमान्थाङ भएको कोरलानाका व्यापार प्रर्वद्धन सम्वन्धि छलफलमा मुस्ताङ भन्सार कार्यालयले यस्तो बताएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालको उपस्थितीमा भएको छलफल आयोजना भएको हो । मुस्ताङ भन्सार, अध्यागमन कार्यालय, प्रशासन, सुरक्षा निकाय,स्थानीय जनप्रतिनिधि र स्थानीय व्यापारीहरुको उपस्थितमा कोरलानाका व्यापार प्रर्वद्धनमा हाल देखिएका विद्यमान समस्या र त्यसको समाधानको बाटो पहिल्याउन बसेको छलफल कुनै ठोस निर्णय नगरी टुंगिएको छ । मुस्ताङ भन्सार कार्यालयका प्रमुख करबिर गैरेले साविक बमोजिम भन्सार कार्यालय सामान ल्याउन छुट नदिने बताउँनुभयो ।
यसअघि भन्सार कार्यालयमा स्थानीय कर्मचारी व्यवस्थापन गर्दा विद्यमान समस्या आईपरेको भन्सार कार्यालयका प्रमुख गैरेले बताउनुभयो । नाका खुलेपनि मुस्ताङ कार्यालयमा आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा कोरलानाकाबाट आयात गरिने सामानको राजश्व संकलन गर्न समस्या परेको कार्यालय प्रमुख गैरेले उल्लेख गर्नुभयो । तर व्यापारिक प्रयोजन छोडेर घरायसी सामान ल्याउन सरकारले नै व्यवस्थाप गरेकाले त्यस्ता सामान ल्याउन भन्सार कार्यालयले कुनै अप्ठ्यारो सृजना नगर्ने बताउँनुभयो । भन्सारको पूर्वाधार नभएको र तत्कालको अवस्था व्यापारिक प्रयोजनका लागि सामान ल्याउन दिंदा अवैंध गतिविधि बढ्ने सम्भावना रहेको भन्सार प्रमुख गैरेको भनाई छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले कोरलानाकाको व्यापार सहज बनाउन भन्सार कार्यालय भएर मात्रैले नपुग्ने बताउँनुभयो । उहाँले भन्सारलाई चाहिने विभिन्न क्वारेन्टाईन र कर कार्यालयको व्यवस्थापन नभएसम्म कोरला व्यापार प्रर्वद्धन सहज नहुने प्रमुख जिल्ला अधिकारी भुसालको भनाई छ ।
कोरलानाका व्यापार प्रर्वद्धन सम्वन्धि बसेको छलफलमा ( नेपाल—चीन) दुई देशबीचको कोरलानाकाबाट सामान ल्याएर ब्यापार सूचारु गर्ने र स्थानीय ब्यापारीहरुको समस्या समाधान गर्नका लागि सम्वन्धित निकायमा पहल गर्ने निर्णय भएको लोमान्थाङ गाउँपालिका निमित्त प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिनुभयो । यसैगरी कोरलानाकाको ब्यापार सहजीकरणका लागि भन्सार र अध्यागन कार्यालयको सञ्चालन गर्ने ,र भन्सार कार्यालयसंग सम्वन्धि अन्य कार्यालयहरुको स्थापना गर्न पहल गर्ने निर्णय गरिएको
छ । यस्तै उपल्लो मुस्ताङको सीमावर्ती गाउँपालिकाहरुमा स्थानीय ब्यापारीहरुलाई सहज रुपमा ब्यापार गर्ने कार्यका लागि सहजीकरणको पहल गर्ने निर्णय भएको लोमान्थाङ गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिनुभयो ।
नेपाल—चीन कोरलानाका २०८० कार्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुल्ला भएको हो ।तर, गत पुसमा कोरलानाकाबाट अवैंद्ध रुपमा विद्युतीय चुरोट (भेप) बरामद भएपछि कोरलानाकाबाट सामान ल्याउन मुस्ताङ भन्सार कार्यालयले कडा निगरानी गरेको हो । नाका खुलेको १४ महिनासम्म सहज व्यापार गर्दै आईरहेका उपल्लो मुस्ताङले पछिल्लो ५ महिनादेखि कोरलानाकाबाट सामाना ल्याएर ब्यापार गर्न पाएका छैन । तर, उनीहरुलाई घरायसी प्रयोजनका लागि भने सामान ल्याउन दिईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली