मध्यपूर्वमा अमेरिका—ईजराईल र इरानबीच बढ्दो तनाव २६ औं दिनमा चलिरहँदा हिमाली जिल्ला मुस्ताङको पर्यटन भने स्थिर रहेको छ । अन्तराष्ट्रिय हवाई उडान प्रभावित भएतापनि मुस्ताङको पर्यटनमा खासै असर नपू¥याएको यहाँ स्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ ।
अमेरिका—ईजराईल र इरानबीचको द्धन्द तनाव फ्रेब्रअरी २८ तारिखदेखि सुरु भएको हो । तर सन् २०२५ को मार्च महिनामा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको तथ्यांकलाई तुलना गर्दा सन् २०२६ को मार्च २४ सम्ममा यहाँका पर्यटन आगमन स्थिर रहेको पाईएको हो ।
सन् २०२५ को मार्च महिनामा कुल उन्नाईस हजार ९५ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमको तथ्यांकमा उल्लेख छ । सन् २०२६ को मार्च २४ सम्ममा मध्यपूर्वको तनाव चलिरहँदा यहाँ पन्ध्र हजार ४८३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।
सन् २०२५ को मार्च महिनामा भन्दा सन् २०२६ को मार्च २४ सम्ममा तीन हजार ६१२ जना अर्थात १८ दशमलव ९१ प्रतिशत विदेशी पर्यटकको संख्या कम हो । तर, सन् २०२६ को मार्च महिना सकिन अझै एक साता बाँकी रहेकाले गत वर्षको पर्यटन लक्ष्य पुरा हुने एक्याप प्रमुख राजेश गुप्तले बताउँनुभयो । एक्याप प्रमुख गुप्तले अहिले पनि दैनिक सात सय देखि एक हजारको हाराहारीमा विदेशी पर्यटक मुस्ताङ भित्रिने गरेको उल्लेख गर्नुभयो ।
सन् २०२६ को मार्चमा सार्क राष्ट्रबाट सोह्र हजार ५०७ जना र अन्य राष्ट्रबाट दुई हजार ५८८ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । अमेरिका—ईजराईल र इरानबीचको द्धन्द चलिरहँदा सन् २०२६ को मार्च २४ सम्ममा सार्क राष्ट्रबाट तेह्र हजार ५७१ जना र अन्य राष्ट्रबाट एक हजार ९१७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप प्रमुख गुप्तको भनाई छ ।
सन् २०२५ को मार्च महिनामा समाप्त हुन एक साता बाँकी रहँदै गरेको अवस्थामा गतवर्षको मार्च भन्दा चालु वर्षको मार्च महिनाको लक्ष्य पुरा हुन तीन हजार ६१२ अर्थात १८ प्रतिशत पर्यटकले मुस्ताङको भ्रमण गर्नुपर्ने हुन्छ ।
सन् २०२५ को मार्च महिनामा भन्दा सन् २०२६ को मार्च २४ सम्ममा सार्क राष्ट्रतर्फ दुई हजार ९३६ जना अर्थात १७ दशमलव ७८ प्र्रतिशत कम पर्यटक संख्या हो । यसैगरी अन्य राष्ट्रतर्फ ६३८ जना अर्थात २४ दशलमव ६५ प्रतिशत पर्यटक कम हो । एक्याप प्रमुख राजेश गुप्तले सन् २०२५ को मार्च महिना पर्यटकीय लक्ष्य एक साता भित्र पुरा हुने दावी गर्नुभयो ।
मध्य पूर्व तनाव चलिरहँदा मुस्ताङमा विदेशी पर्यटकको आगमन स्थित रहेपनि आन्तरिक पर्यटकको आगमन भने घटेको बताईएको छ । बर्सेनि चैत कृष्ण औसी तिथिदेखि चैते दशैसम्म मुस्ताङमा आन्तरिक पर्यटकको आगमन उल्लेख्य हुने गरेको भएपनि चालु वर्षको चैत महिनाको ११ गतेसम्म झन्डै ५० प्रतिशत भन्दा कम आन्तरिक पर्यटक मुस्ताङ भित्रिएको पाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता