जोमसोम—मुस्ताङको निर्माणधिन (लेते—धम्पु) पुल निर्माण कन्ट्रक्सनको चरम गैरजिम्मेवारीका कारण मुस्ताङको बेनी—जोमसोम मुख्य राजमार्ग सडक धरापमा परेको छ ।
पुल निर्माण कम्पनीले पश्चिमतर्फको फाउन्डेसन बीमको संरचना निर्माण गर्ने क्रममा मुख्य राजमार्ग सडक कटिङ गरेर त्यसै अलपत्र छाडेपछि सो स्थानको बेनी—जोमसोम करिव ५० मिटर सडक धरापमा परेको हो ।
२०७६ साल फागुन २९ गते ठेक्का सम्झौता भएको मुस्ताङको थासाङ गाउँपालिका २,३ र ५ वडा जोड्ने (लेते धम्पु) पुलको ५ करोड ५ लाख लागतमा देव एण्ड सायर कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । ३५ मिटर लामो पुल निर्माणको अख्तियारी पूर्वाधार विकास कार्यालयले लिएको छ ।
पुलको पछिल्लो म्याद थप २०७९ चैत्र २८ गते भएको थियो । त्यसपछि पुलको म्याद पटकपटक थपिंदा पछिल्लो भौतिक प्रगती ३५ प्रतिशत मात्रै छ । सार्वजनिक खरिद नियमावली ऐनको चौधौ संशोधन अनुसार आगामी आर्थिक वर्षको असार मशान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि निर्माण कम्पनीको चरम ढिलासुस्ती र लापारवाहीका कारण विगत ५ वर्षदेखि पुल निर्माणको काममा बिलम्व भएको छ ।
निर्माण कम्पनीले पूर्वतर्फको साईडमा जेनतेन फाउण्डेसन जग खनेर एबुमेन्ट स्टक्चर निर्माण गरेको पनि निर्माण कम्पनी देव एण्ड सायर कन्ट्रक्सनले निर्माणधिन पुलको पश्चिमतर्फको फाउन्डेसनको जग खन्ने कार्य ढिलो सुरु गरेका कारण करिडोर सडकको मुख्य राजमार्ग सडक धरापमा पर्न गएको हो । त्यहा हिउँदयामपछि फागुनको सुरुवाती चरणबाटै फाउन्डेसन संरचनाको कामलाई तीब्रता दिनुपर्नेमा निर्माण कम्पनीले मनसुन सुरुहुन लाग्दा ढिलो गरी काम सुरु गरेका कारण यस्तो समस्या उत्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अजय श्रेष्ठको भनाई छ । मुख्य सडकसंगै जोडिएको निर्माणधिन पुलको फाउन्डेसन स्टक्चर निर्माण गर्ने क्रममा करिव २५ मिटर सडकको भाग कटिङ गरिएको थियो ।

मनसुन सुरुहुन लाग्दा पुलको फाउन्डेसन स्टक्चर निर्माणको काम गर्दा अहिले कालिगण्डकी नदीको बाढीले पुरै क्षति बनाईसकेको छ । नदीको बहाव उच्च भएका कारण फाउन्डेसन निर्माणको काम अहिले रोकिएको छ । तर, पुलको संरचना निर्माणको काम रोकिएपनि निमाण कम्पनीले मुख्य राजमार्ग सडकलाई पूर्ववत अवस्थामा राखेर छोड्नु पर्नेमा यथास्थितीमा राखेर छोड्दा त्यहाको मुख्य सडक धरापमा पर्न गएको हो । त्यहाँ सडक जोगाउन निर्माण कम्पनीले कुनै कार्य गरेको छैन । यसैका कारण बेनी—जोमसोम सडक अन्र्तगत त्यहाँ सडक सुरक्षा जोखिम बढेको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख श्रेष्ठले पुलको काम रोकिएपनि मुख्य सडकलाई जोगाउन निर्माण कम्पनीले पहल गर्नुपर्ने बताए । कार्यालय प्रमुख श्रेष्ठले निर्माण कम्पनीसंग समन्वय गर्न खोज्दा ठेकेदारले फोन स्वीचअफ गरेको जानकारी दिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पुल निर्माण कम्पनीले मुख्य राजमार्ग सडकलाई यथास्थितीमा जोखममा पारेर छोड्न नमिल्ने बताए । दिनुह सयौं सवारी साधन आउजाउ गर्ने सडकमा थप सडक सुरक्षा जोखिम बढेको र सडक जोगाउन कार्यालय र निर्माण कम्पनीले तुरुन्तै पहल गर्नपर्ने बताए । सडक कटानसंगै भाँसिने र भत्किने जोखिम बढेको छ, सडक साँघुरो बनेको छ, प्रजअ पन्तले भने,‘ सम्भावित दुर्घटना भयो भने यसको क्षति कसले व्यवहोर्छ, निर्माण कम्पनी र कार्यालय गैरजिम्मेवार बन्न मिल्दैन ।’
थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले सडकको सुरक्षाका लागि तत्काल पहल नगरे निर्माण कम्पनीलाई स्थानीय स्रोतसाधन प्रयोग गर्न प्रतिबन्ध लगार्ईने बताए । उनले निर्माण कम्पनीले पुलको काम ५ वर्षसम्म सम्पन्न गर्न नसकेपनि व्यस्त सडकलाई जोखिममा पारेर उम्किन नमिल्ने भन्दै आक्रोस व्यक्त गरे ।
आईतबार प्रजिअ पन्तसहित सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सरोकारवाला कार्यालयको संयुक्त टोलीले त्यहाँको वस्तुगत अवस्थाको अनुगमन गरेको थियो ।
लेते—धम्पु निर्माणधिन पुल नजिकको मुख्य राजमार्ग सडकमा निमाण कम्पनीले त्यहाँ गैरजिम्मेवारी पना देखाउँदै यथास्थितीमा काम छोडेर गएको र सडक कटिङ गरिएको स्थानमा कुनै नदी कटान रोक्ने काम नगरेका कारण कुनै पनि बेला सडक क्षति हुने सम्भावना बढेको छ । जसका कारण त्यहाँका सडक सुरक्षा जोखिम बढेको स्थानीयबासीको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता