मुस्ताङमा दुई महिना स्याउको ब्यापार
जोमसोम ।
स्याउको राजधानीका रुपमा परिचित मुस्ताङ । यहाँको स्याउ नेपालका सहरहरुमा पुग्छन । हिमाली क्षेत्रको चिसो हावापानी र हिउँले सिञ्चत यहाँका स्याउ स्वादिलो र पोषिलो हुन्छ ।
विगत अठार वर्षदेखि निरन्त मुस्ताङमा स्याउको खरिद बिक्री ब्यापार गर्दैआईरहेका धादिङका स्याउ ब्यापारी कान्छा लामा दुई महिनादेखि मुस्ताङमै हुनुहुन्छ। बर्सेनि भदौ र असोज महिनामा यहाँ बसेर स्याउको ब्यापार गर्नुहुन्छ भने अन्य समय आफ्नै गाउँमै बसेर खेती किसानको कर्म गर्नुहुन्छ ।
स्याउ उत्पादन हुने समय हुँदा कान्छा लामा सधैं मुस्ताङ आउनुहुन्छ । स्याउ कृषकहरुको बगैचा बगैचामा पुग्नुहुन्छ । त्यसो त यो स्याउ ब्यापारमा कान्छा मात्रै एक्लै छैनन् , उहाँसंग अन्य ६÷७ जना गाउँका साथीहरु पनि जोडिनु भएको छ । स्याउ हार्भेस्ट गर्ने एक महिना अगावै मुस्ताङ आएर यहाँको स्याउ कृषकहरुको बगैचा अवलोकन गरेर मोलतोल गरी बैनापट्टा गर्नुहुन्छ । परिचित स्याउ कृषकहरुलाई थोरै पेश्की र नयाँ जोडिएका कृषकहरुलाई अलि बढी पैसा बुझाएर स्याउ बगैचा तोकुवामा किन्नुहुन्छ ।
मुस्ताङको मार्फा, स्याङ र जोमसोम लगायतका स्थानमा आफुहरुको समुहले स्याउ खरित्ने गरेको स्याउ ब्यापारी कान्छा लामाले बताउँनुभयो । ‘गतवर्ष स्याउ ब्यापारबाट राम्रै आम्दानी भएको थियो, यसपटक त स्याउ पनि महङ्गा भयो र स्याउ पनि कम फल्यो,‘ ब्यापारी कान्छा लामा भन्नुहुन्छ, ‘यसपटक गतवर्षको जस्तो फाईदा त हुँदैन होला, तैपनि दुख अनुसारको केही फाईदा हुन्छकी भन्ने आशामा छौं ।
यसैगरी गरी कान्छासंगै धादिङका तारा लामा पनि विगत ८ वर्षदेखि स्याउ ब्यापाराम लागेको बताउँनुहुन्छ । यहाँबाट ढुवानी गरेर बजार पु¥याईएको स्याउ फोन कन्ट्याकका भरमा बिक्री गर्ने गरेको सुनाउँनुभयो । यहाँ हामीले लोकल स्याउ मात्रै बगैचा तोकुवा गरी खरिद गरेको र यहाँको स्याउ पोखरा,काठमान्डौ,नारायणगढ, बुटवल,भैरहवा ,म्याग्दी र बाग्लुङका ब्यापारीहरुलाई थोक मुल्यमा बिक्री गर्ने गरेको ब्यापार तामाङले सुनाउँनुभयो ।
‘यस्तै हो ब्यापारमा कहिले नाफा हुन्छ, कहिले घाटा पनि व्यवहोर्नुपर्ने हुन्छ, ‘ब्यापारी तामाङले थप्नुभयो,‘ जेहोस निरन्तर यहा स्याउको सिजनमा ब्यापार गर्न आउँने गरेका छौं, स्याउको ब्यापारमा सन्तुष्टनै छौं ।’
धादिङका कान्छा र तारा लगायतको समुहले मुस्ताङबाट बर्सेनि ७÷८ ट्रक संकलन गरी बजारमा पु¥याउने गरेका छन् । यहाँबाट करिव एक करोड २० लाख भन्दा बढीको स्याउ संकलन गर्ने गरेको उहाँहरुको भनाई छ । स्याउ टिप्ने ,प्याकिङ गर्ने र ट्रकमा ढुवानी गरी पु¥याउँदा निकै धेरै खर्च हुने गरेको उहाँहरुको भनाई छ ।
‘यहाँ दुई महिनादेखि स्याउ संकलन गर्ने र बजार पठाउँने काममै व्यस्त छौं, अब स्याउको सिजन सकिने बित्तिकै फेरी घर फर्किन्छौं,’ ब्यापारी तारा लामा तामाङले भन्नुभयो,‘ यहाँ सबै स्याउ बिक्री गरेपछि फेरी स्याउ किसानलाई पुरै भुक्तानी बुझाउँछौं, ब्यापारमा ईमान्दारिता देखाउँन सकेमात्रै यहाँका कृषकहरुले पत्याउँछन् ।’ ब्यापारी तामाङले यहाँका स्याउ कृषक सबै चिनजान भईसकेकाले ठुलो लगानी नलाग्ने बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली