जोमसोम—मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित नेपाली सेना र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेर शनिबार अन्दाजी ७ बजेको समयमा पोखरा महानगरपालिका—३० गगनगौडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
ठकुरी व्यवयाय चलाउने क्रममा मुस्ताङको जोमसोममा बस्दैआईरहेका थिए । जोमसोम स्थित नेपाली सेनाको क्याम्प अगाडी ईलेक्ट्रोनिक पसल सञ्चालन गरेका उनी नेपाल रेडक्रम सोसाईटीको भवनमा भाडामा बस्दै आईरहका थिए । कोठाबाट पसलतर्फ जाने आउने गर्दा ठकुरीले जिल्ला प्रशासन पछाडीको झोलुङ्गे पुल प्रयोग गर्ने गथ्र्ये ।
पुलबाट खसेका ठकुरीको तत्काल प्रहरी नायब निरीक्षक सनम कुमालको कमाण्डमा ५ जनाको सुरक्षाकर्मी टोलीले तत्कालै उद्दार गरी जोमसोम अस्पताल पु¥याएको थियो । ठकुरीलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
पुलबाट खसेर मृत्यु भएका ठकुरीको आईतबार पोष्ट मार्टम गरी आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । ठकुरीको शव प्रहरीले आफन्तलाई जिम्मा लगाईएको छ ।