मुस्ताङमा सशस्त्र प्रहरीद्वारा निर्वाचन प्रहरीलाई स—सम्मान बिदाई

जोमसोम ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरुलाई यहाँ स्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म हेडक्वाटरले बिहिबार स—सम्मान बिदाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत खटिएका ४६ जना निर्वाचन प्रहरीलाई सशस्त्र प्रहरी बल नेपालका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले टिका लगाई दिएर खाँदा र प्रमाणपत्रद्वारा सम्मानपूर्वक बिदाई गर्नुभएको हो ।

सशस्त्र प्रहरी बल नेपालको जोमसोम स्थित गुल्म परिसरमा आयोजित निर्वाचन प्रहरी बिदाई कार्यक्रममा राष्ट्रले सुम्पिएको यतिठुलो अभिभारा सफलतापूर्वक पुरा गरेकोप्रति सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले धन्यवाद सहित बधाई ज्ञापन गर्नुभएको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक गिरी निर्वाचन सुरक्षा दौरानमा खटिएका बेला एक असल नागरिक र देशभक्तले गर्नुपर्ने सेवाभाव र तालिमका बेला सिकेका ज्ञानसीपलाई व्यवहार रुपान्तरण गरी अघि बढ्न समेत शुभकामना व्यक्त गर्नुभएको हो ।

 मुस्ताङमा सशस्त्र प्रहरी बल नेपालले माथिल्लो मुस्ताङको चराङमा सशस्त्र प्रहरी निर्वाचन सुरक्षा बेसमा ११ जना र अन्य निर्वाचन प्रहरीलाई आवश्यक स्थानमा खटाएको थियो । यहाँ सशस्त्र प्रहरीद्वारा ४६ जना निर्वाचन प्रहरी परिचालित रहेका थिए ।


प्रतिक्रिया