जोमसोम -- मुस्ताङको घरपझोङ गाउँपालिकाले पहिलो पटक बृहत साईकल तथा घोडा ¥याली हुने भएको छ । ‘घरपझोङको समृद्धि ः कृषि, पर्यटन र संस्कृति’ नारासहित मुस्ताङको घरपझोङ गाउँपालिकाले जिल्लाको पर्यटन प्रर्वद्धन तथा वातावरणीय सचेतना फैलाउने उद्देश्यले प्रथम घरपझोङ साईकल तथा घोडा ¥याली एकैसाथ आयोजना गर्ने तयारी गरेको हो ।
मुस्ताङ र विशेष गरी घरपझोङ गाउँपालिकालाई साईकल यात्रा र घोडा ¥याली मार्फत पर्यटन प्रर्वद्धन तथा जलवायु संकट न्यूनिकरण गर्न वातावरण संरक्षण सम्वन्धि कार्यक्रम आयोजना गर्ने तयारी भईरहेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो । प्रशासकीय अधिकृत अघिकारी गाउँपालिकाको आयोजना तथा साईकल सिटी पोखराको समन्वयमा १६ जेठ (शुक्रबार)का दिन साईकल तथा घोडाको संयुक्त बृहत ¥याली आयोजना गर्ने तयारी अन्तिममा पुगेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उल्लेख गर्नुभयो ।
साईकल तथा घा्ेडा ¥यालीमा सहभागीहरुको नाम दर्ता गर्ने क्रम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । साईकल ¥यालीमा मुस्ताङकासहित विभिन्न जिल्लाका करिव तीन सय बढीको सहभागिता रहेन छ भने घोडा ¥यालीतर्फ करिव ५० भन्दा बढीको सहभागिता रहने गाउँपालिका अध्यक्ष लालचनको भनाई छ । साईकल तथा घोडा ¥यालीमा प्रतिनिधित्व गर्ने सहभागिहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिने बताईएको छ ।
मुस्ताङमा आयोजित प्रथम साईकल तथा घोडा ¥यालीमा सहभागी टोलीहरु मुस्ताङ आउने क्रम सुरु भएको गाउँपालिकाले उल्लेख गरेको छ । मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित कभर्डहलबाट ¥याली सुरु हुनेछ । ¥यालीका सहभागिहरुले घरपझोङ गाउँपालिकाका ५ वटै वडाका गाउँहरु परिक्रममा गर्नेछ । करिव २५ किलोमिटर दुुरी तय गरिएको साईकल तथा घोडा दौडका सहभागिहरुले जोमसोम,ठिनी, ढुम्बा,सम्ले,छैरो,चिमाङ, मार्फा , स्याङ, पुथाङ एअरपोर्ट हुँदै घरपझोङ गाउँपालिका कार्यालयमा पुगेर समापन हुने गाउँपालिकाले जनाएको छ ।
¥यालीमा सहभागिहरुले गाउँपालिकाका सबै वडाका गाउँहरुमा पर्यटन प्रर्वद्धन तथा वातावरण संरक्षण सम्वधि सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष लालचनले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता