उपल्लो मुस्ताङमा बाढीको बाहव घट्यो

जोमसोम—

उपल्लो मुस्ताङमा मंगलबार करिव साँझ ५ बजेदेखि सुरु भएको भिषण बाढी विस्तारै मत्थर हुँदै गएको छ । बाढीको बाहव घट्दै गईरहेपनि यद्यपी सुरक्षा सावधानी अपनाईएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

नेपाल—चीन उत्तरी सीमाक्षेत्रको लोमान्थाङ—४ चुङजुङ र नाम्डोक गाउँबिच खोलाबाट अकस्मात बाढी आउन सुरु गरिएपछि त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले सुरक्षा निकाय,प्रहरी र कालिगण्डकी नदी क्षेत्रका तटीय वस्तीका नागरिकलाई सर्तकता अपनाउन सूचना गरेका थिए ।

 मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले लोमान्थाङ—४ स्थित चुङजुङ र नाम्डोक बिचबाट बग्ने मुस्ताङ हिमालबाट बाढी आएको बताउँनुभयो । ‘नेपाल—चिन सीमाक्षेत्रको तिब्बततर्फको सानो खोल्साबाट बाढी आएको हो,करिव ३ घण्टा जति बाढीको बाहव उच्च रहेपनि केहीबेर अघिबाट बाढीको बाहव घट्दै जान थालेको छ,’ उपल्लो मुस्ताङमा बाढी बाहव घट्दै गईरहेपनि सुरक्षा सर्तकता र आवश्यक सावधानी अपनाउन सुरक्षाकर्मी परिचालित छन् ।’

 प्रजिअ भुसालले बाढीको कारण तिब्बततर्फ वर्षा भईरहेको वा हिमपात फुटेको हनसक्ने आशंका व्यक्त गर्नुभयो । ‘‘उपल्लो मुस्ताङबाट आएको बाढी छोसेर ,चराङ हुँदै कालिगण्डकी नदीमा मिसिने भएकाले यहाँका कालिगण्डकी तटीय वस्तीका नागरिकलाई सुरक्षित रहन अनुरोध गरेका थियौ, अहिले बाढी कम हुँदै गएपनि नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका निरन्तर निगरानीमा राख्न निर्देशन दिएका छौं ।

 उपल्लो मुस्ताङको लोमान्थाङ—४ नाम्डोकको एक घर परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । अहिले त्यहाँ बाढीको बाहव क्रमशः घट्दै जान थालेको प्रहरी नायव उपरीक्षक लामाको भनाई छ ।

लोमान्थाङ—२ का वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले यहाँको आर्का र भार्सा खोला जोड्ने काठेपुल र पक्की मोटरेबल पुललाई आशिंक क्षति पु¥याएको बताउँनुभयो ।


प्रतिक्रिया