तिजी पर्वमा पर्यटकलाई लोमान्थाङ गाउँपालिकाको सार्वजनिक निम्तो

जोमसोम—उपल्लो मुस्ताङ अर्थात लोछोदिन समूदायहरुको ऐतिहाँसिक ,धार्मिक तथा सांस्कृति पर्व तिजी आउँदो आईतबारदेखि लोमान्थाङमा तीनदिनसम्म मनाईने भएको छ ।तिब्बती कलासंस्कृतिसंग दुरुस्तै मेल खाने तिजी पर्व उपल्लो मुस्ताङमा पन्धौं शताब्दीदेखि सुरु भएको हो । 


पर्वलाई पछिल्लो समय धार्मिक पर्यटनसंग जोड्ने प्रयास गरिएको छ । उत्तरी चीनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई लोछोदिन क्षेत्र भन्ने गरिन्छ । यही क्षेत्रको धार्मिक तथा सांस्कृतिक महान पर्व हो तिजी पर्व । दोर्जी स्युनु अर्थात बज्रकिलाको जीवन कथामा आधारित तिजी पर्व लोमान्थाङ  स्थित मुस्ताङी सांस्कृतिक राजारानी बस्ने दरबार र दरबार परिसरमा विभिन्न कार्यक्रम गरी मनाईने गरिन्छ ।

उपल्लो मुस्ताङको दुई गाउँपालिकामा बसोबास गर्ने बिष्ट र गुरुङ समुदायहरुको सामुहिक पर्व हो तिजी । यसलाई स्थानीय भाषामा तेन्जी भनिन्छ । लोछोदिन क्षेत्रमा बसोबास गर्ने समुदायहरुले तिजी पर्वमा संयुक्त रुपमा पुजाआजा गर्ने धार्मिक पुजा हो । तिजी पर्वमा छोदे गुम्बाका लामा र भिक्षुहरुले धार्मिक पुजाआजाका साथै विभिन्न देवीदेवताको मुकुट पहिरीएर धार्मिक नृत्य प्रस्तुत गर्ने गरिन्छ ।

सदिंयौ वर्ष पुरानो तिजी पर्वमा मुख्यतया मुस्ताङी राजाको वंशज नहराओस्,भरिलो होस्, शान्ति छाओस्, कतै अनिष्ठ नहोस्  र अन्नबाली सप्रियोस् भन्ने मनोकामना राख्दै धार्मिक पुजा गरिने प्रचलन छ । तिजी पर्वमा मुस्ताङी २६ औं सास्कृतिक राजा जिग्मे सिङ्गे पलवर बिष्टको उपस्थितीमा लोमान्थाङ दरबार परिसरमा तिजी पर्वमा लामाहरुको विभिन्न कलात्मक भेषभुषासहितको नृत्य देखाईने गरिन्छ ।

बर्सेनि मनाईने उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्व अवलोकनका लागि लोमान्थाङ गाउँपालिकाले पर्यटक तथा सर्वसाधारणलाई सार्वजनिक अनुरोध समेत गरेको गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । उनले पर्वले धार्मिक  कलासंस्कृतिको संरक्षण,संम्वद्धन विकास गर्दै पर्यटन प्रर्वद्धनमा टेवा पू¥याउन गाउँपालिकाले रचनात्मक सहयोग गर्दैआईरहेको बताए । अध्यक्ष गुरुङले उपल्लो मुस्ताङको सास्कृति धरोहर,मौलिकता ,पहिचान र सम्यता नियाल्न आन्तरिक तथा बाह्य पर्यटकको ओईरो लाग्ने गरेको उल्लेख गरे । यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङमा मनाईने धार्मिक तथा सांस्कृतिक पर्व तिजी यहाँको ऐतिहाँसिक चिनारी बनेको बताए । उनले पर्वमा १२ महिना दरबारमा राखिने देवीदेवताको थान्का तिजी पर्वमा निकालेर सार्वजनिक गरिने जनाए ।

पछिल्लो समय बेनी—जोमसोम—कोरला सडक सहज भएसंगै तिजी पर्व अवलोकन गर्न सयौं आन्तरिक तथा बाह्य पर्यटक उपल्लो मुस्ताङ जाने गरेको पाईएको छ । तिजी पर्वमा विदेशी पर्यटकले निकै चाँख लगाएर हेर्ने गर्छन भने उनीहरुले तिजी पर्वका सम्पूर्ण क्रियाकलापहरुको भिडियो र फिल्म खिच्ने गर्छन् । तिजी पर्व अवलोकन लागि गतवर्ष ४४२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका थिए ।


तिजी पर्वका लागि लोमान्थाङमा सरसफाई,वृक्षारोपणका साथै आवश्यक तयारी थालिएको छ । लोमान्थाङमा हुने तिजी पर्वलाई त्यहाँका स्थानीय तह, आमा समुह ,युवाक्लव,सुरक्षा निकाय र गाउँसमाजले सामाजिक योगदान दिने गर्छन ।


फाईल फोटो ः


प्रतिक्रिया