ज्ञानोदयका किशोरीहरुलाई आत्मरक्षा प्रशिक्षण

यहाँको थासाङ गाउँपालिका—३ लेते स्थित ज्ञानोदय माध्यमिक बिद्यालयमा अध्ययनरत छात्रा किशोरीहरुलाई सोमबार आत्मरक्षा सम्वन्धी प्रशिक्षण दिईएको छ । गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास ,युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको एकिकृत सेवा कार्यालयले मुस्ताङले त्यहाँका बिद्यार्थी किशोरीहरुलाई आत्मरक्षा सम्वन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण गराईएको हो ।

समाजमा किशोरीहरु माथि हुँनसक्ने शारिरीक तथा मानसिक हिंसा,आक्रमण र जोखिमको सामना गर्न सकुन भन्ने अभिप्रायले यहाँका किशोरीहरुको आत्मरक्षाका लागि सैद्धान्तिक तथा व्यवहारिक अभ्यास प्रशिक्षण दिईएको एकिकृत सेवा कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र ज्ञानोदय माध्यमिक बिद्यालयको समन्वयमा बिद्यालयका किशोरीहरुलाई आत्मरक्षा अभ्यास गराईएको प्रमुख दजीको भनाई छ ।

 थासाङ गाउँपालिका—३ लेतेका वडाध्यक्ष हरिप्रसाद गौचनको प्रमुख आतिथ्यतामा भएको किशोरी अभ्यास प्रशिक्षणका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङका सुरक्षाकर्मीहरुले सैद्धान्तिक तथा व्यवहारिक आत्मरक्षा प्रशिक्षण दिएको हो ।

समाजमा किशोरीहरुप्रति हुने मानसिक,शारिरीक र सामाजिक हिंसा विरुद्ध डटेर सामाना गर्ने क्षमता विकासका लागि आत्मरक्षा सम्वन्धी तालिम आयोजना गरिएको हो । आत्मरक्षा सम्वन्धि मानसिक तथा शारिरीक र व्यवहारिक ज्ञानसीप र क्षमताको व्यवहारिक अध्यास तथा सैद्धान्तिक शिक्षा दिईएको हो ।

ज्ञानोदय माध्यमिक विद्यालयका झन्डै ५० भन्दा बढी छात्रा किशोरीहरुको सहभागितामा आत्मरक्षा प्रशिक्षण गरिएको छ । सहभागि किशोरीहरुलाई समुह समुहमा विभाजन गरेर आफु माथि हुने जुनसुकै प्रकारको जोखिम र आक्रमण गर्नका लागि जुरो,कराते र बक्सिङ लगायतका अभ्यास गराईएको हो ।

बिद्यालयका किशोरीहरु बिद्यालय आउजाउ गर्दा र अन्य कार्यमा जाँदा पुरुषहरु शारिरीक,मानसिक र यौन हिंसाको शिकार हुने जोखिम रहने भएकाले यसप्रकारको आत्मरक्षा अभ्यासले किशोरीहरुको मनोबल वृद्धि गर्न तथा आफु माथि आईपर्नसक्ने घटनाको प्रतिकार गर्न सक्षम हुने अभ्यासको मुल लक्ष्य रहेको छ ।

यसप्रकारको किशोरी आत्मरक्षा अभ्यासले शारिरीक तन्दुरुस्ती,मानसिकसाहस,अनुशासन तथा निर्णय क्षमता बढाउन टेवा पु¥याउने कार्यालय प्रमुख दर्जीको भनाई छ ।


प्रतिक्रिया