मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ झारकोट स्थित तोरा ताल क्षेत्रमा प्राकृतिक रुपमा उम्रिने हिमाली जटिबुटी तोरा अर्थात (सिबकथोन)को संरक्षण तथा नयाँ खेती विस्तार गरिएको छ । डिभिजन वन कार्यालय मुस्ताङले स्थानीय मुक्तिनाथ बहुउद्देश्य सहकारी संस्था मार्फत उक्त क्षेत्रमा प्राकृतिक रुपमा पाईने बहुमुल्य हिमाली जटिबुटी तोरा (सिबकथोन )को संरक्षण तथा खेती बिस्तार गरेको हो ।
चालु आवको वार्षिक स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त अनुदान करिव दुई लाख लागतमा डिभिजन वन कार्यालय मुस्ताङले झारकोट स्थित तोरा ताल क्षेत्रमा पाईने प्राकृतिक तोरा जटीबुटीको संरक्षण तथा नयाँ खेती विस्तार गरेको कार्यालय प्रमुख चुडामणि बरालले जानकारी दिनुभयो । कार्यालयले उक्त क्षेत्रको (१.३२) हेक्टर क्षेत्रफलमा प्राकृतिक रुपमा पाईने हिमाली जटिबुटी तोरा (सिबकथोन)को संरक्षण गर्दै थप नया खेती विस्तार गर्न उक्त प्रजाती वनस्पतीको बीउँ छरिएको प्रमुख बरालले उल्लेख गर्नुभयो ।

झारकोट स्थित करिव ५० ÷६० जना भन्दा बढी स्थानीयबासीहरुको जनश्रमदानबाट उक्त तोरा ताल क्षेत्रमा पाईने बहुमुल्य जटीबुटी बुट्यानहरुको झाडी सरसफाई तथा व्यवस्थापनका साथै तोरा ताल क्षेत्रमा गह्रा सम्याएर नयाँ तोरा (सिबकथोन) जटीबुटी खेती विस्तार गरिएको कार्यालय प्रमुख बरालको भनाई छ ।
झारकोट स्थित तोरा (सिबकथोन) पाईने क्षेत्रमा बृहत रुपमा हिमाली जटीबुटी खेतीको संरक्षण,सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त क्षेत्रमा तोरा जुटीबुटीको नया खेती विस्तार गरिएको हो । स्थानीय स्रोतको उपयोग गरी व्यवसायिक रुपमा तोरा खेतीलाई संरक्षण गर्दै नयाँ खेती विस्तार गरी स्थानीय गाउँ ठाउँको आम्दानीको स्रोत बढाउन तथा उक्त क्षेत्रमा अवस्थित तोरा तालको सौन्दर्यता अभिवृद्धि गर्ने उद्देश्यले उक्त क्षेत्रमा तोरा प्रजातीको वनस्पती बीउँ छरिएको हो ।
यसकार्यका लागि करिव एक हजार लिटरको पानी अट्ने सिचाई ट्याङ्कीको व्यवस्था गरिएको छ भने सिंचाईका लागि तीन सय मिटर बढी पाईप लाईनको व्यवस्था गरिएको छ । यसका साथै उक्त स्थानमा तोरा सिबकथोन)को नयाँ क्षेत्रको सम्भावनाको समेत पहिचान गर्ने काम भएको छ ।
यसअघि मुस्ताङको वारागुङ—१ झारकोट क्षेत्रको भिरालो पाखो तोरा ताल क्षेत्रमा प्राकृतिक रुपमा पलाउने तोरा (सिबकथोन)लाई स्थानीयले संकलन गरी प्रशोधन गरेर जुस बनाएर बिक्री गरिन्थ्यो । यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै पकेट क्षेत्रको रुपमा बिस्तार गर्ने डिभिजन वन कार्यालय मुस्ताङको लक्ष्य रहेको प्रमुख चुडामणि बरालले बताउँनुभयो ।
मुस्ताङका उच्चलेंक तथा पाटनहरुमा प्राकृतिक रुपमा पाईने यार्सा गुम्बा,निरमसी,जटामसी, पाँचऔले र जटामसी लगायतका वन्यजटीबुटी जस्तै प्राकृतिक रुपमा पलाउने तोरा (सिबकथोन) पनि एकप्रकारको हिमाली बहुमुल्य जटीबुटीको रुपमा प्रयोग गर्ने गरिएको छ । मुस्ताङको झारकोटका स्थानीयले बर्सेनि तोरा संकलन गरेर जुस बनाएर बिक्री गरी आम्दानी लिने गरेको त्यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो ।
के हो तोरा (सिबकथोन)?
उच्च हिमाली क्षेत्रमा पाईने एक किसिमको काँडेदार झाँडी प्रजातीको वनस्पतिलाई तोरा (सिबकथोन) भन्ने गरिन्छ । यस प्रकारको औषधीय जटिबुटीलाई स्थानीय भाषामा सिबकथोन र कतिपयले तोरा भन्ने गर्छन ।
यो जटिबुटी हिमाली शुष्क क्षेत्रमा प्राकृतिक रुपमा उम्रिने एक प्रकारको वनस्पति हो । मुस्ताङसहित मनाङ र तिब्बतीय भूभागमा तोरा पाईने गर्छ । समून्द्री सतहको तीन हजारदेखि पाँच हजार मिटरको शुष्क उचाईमा प्राकृतिक रुपमा तोरा औषधीय जटिबुटी पाईने गर्छ । मुस्ताङमा झारकोट क्षेत्रमा मात्रै तोरा पाईने स्थानीय बताउँछन् ।
तोरा वनस्पतिको उचाई एकदेखि तीन मिटरसम्मको हुन्छ । तोरा अर्थात सिबकथोन औषधीय जटिबुटीको बुट्यान बशन्तऋतुमा फूल फूल्ने र गर्मीयामको अन्त्यदेखि सरदऋतुसम्म फल पाक्ने समय हुन्छ ।
तोरा (सिबकथोन) को महत्व र फाईदा
प्राकृतिक रुपमा पाईने औषधीय जटीबुटी तोरा (सिबकथोन)फलबाट भिटामिन सी, एन्टिअक्सिडेन्ट पोषक तत्व पाईने गर्छ । यसको बुट्यानले माटोको कटान नियन्त्रण गर्न उपयोगी हुन्छ ।वन्यजन्तुको आहाराको स्रोत बनाउँछ ।
यसैगरी परम्परागत रुपमा औषधीय प्रयोजनमा पनि यसको प्रयोग हुने गर्छ । तोरा संकलन तथा प्रशोधन गरी जुस बनाएर बिक्री गरी फाईदा लिन सकिन्छ । तोराको संरक्षण तथा विस्तारले स्थानीयको आम्दानीको स्रोत बढाउने र रोजगारी सिर्जना गर्न टेवा पु¥याउँछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली