यहाँको घरपझोङ गाउँपालिका—४ स्थित जोमसोम स्थित कालिगण्डकी तटको ठुला चट्टानहरुमा मूर्तिकला र शालिग्राम लगायतका आकृति कोरिने भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत एकिकृत सेवा कार्यालय मुस्ताङले चालु आ।व।को विनियोजित बजेट मार्फत जोमसोम स्थित कालिगण्डकी नदीका ठुला चट्टानहरुमा मूर्तिकला र शालिग्रामको आकृति निर्माण गर्न लागेको हो ।
यहाँ स्थित एकिकृत सेवा कार्यालयले पर्यटन प्रर्वद्धन कार्यक्रम अन्तर्गत मुस्ताङको जोमसोममा मूर्तिकला र शालिग्राम आकृतिका मूर्ति निर्माण गर्न लागेको हो । यस कार्यक्रमका लागि बिस लाख रुपैया विनियोजन भएको कार्यालयका सवईन्जिनीयर प्रशान्त भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय र घरपझोङ गाउँपालिकाबीच सहकार्य गर्ने गरी मूर्तिकला र शालिग्रामका आकृति कोर्न ललितकला प्रज्ञाप्रतिष्ठानलाई जिम्मा दिने निर्णय भएको छ ।
यता, घरपझोङ गाउँपालिकाले यहाँको घरपझोङ—४ जोमसोम स्थित कालिगण्डकी तटको ठुला चट्टानहरुमा मूर्तिकला आकृतिका चित्र कोर्न ललितकला प्रज्ञा प्रतिष्ठानबीच दुई पक्षिय सम्झौता गरेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । कालिगण्डकी नदीमा मूर्तिकलाका माध्यमबाट पर्यटन प्रर्वद्धन तथा धार्मिक आस्था झल्काउन १५ दिने मूर्तिकला कार्यशाला आयोजना गरी कार्यक्रम गरिने बताउँनुभयो ।
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र कागबेनीधाम अवस्थित मुस्ताङमा भगवना बिष्णुको स्वरुप शालिग्राम शीलाका विशाल आकृतिहरु कोरिने जनाईएको छ ।यसैगरी बुद्ध भगवान र गुरु पद्यसम्भवको आकृतिहरु पनि कालिगण्डकी नदीको ठुला चट्टानहरुमा मूर्ति कोरिन योजना रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता