जोमसोेम—हिमाली जिल्ला मुस्ताङमा सम्वन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएका छन् । मुस्ताङ जिल्ला अदालतको तथ्यांक अनुसार गतवर्षको तुलनामा चालु आर्थिक वर्ष सकिन ३ महिना बाँकी हुँदा सम्वन्ध विच्छेदको मुद्धा दोब्बरले वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७९÷०८० मा मुस्ताङ अदालतमा ११ थान सम्वन्ध विच्छेदका मुद्धा दायर भएकोमा चालु आर्थिक वर्षको ९ महिनामा २० थान सम्वन्ध विच्छेदका मुद्धा दायर भएको अदालतका सूचना अधिकारी निल पनेरुले जानकारी दिए । गत वर्ष दायर भएका ११ थान सम्वन्ध विच्छेदका मुद्धा सबै गतवर्षनै फछ्र्योट भईसकेका छन् भने चालु आर्थिक वर्ष दायर भएका २० थान सम्वन्ध विच्छेदका मुद्धा मध्ये १९ थान फछ्र्योट भईसकेको अदालतका सूचना अधिकारी पनेरुले जानकारी दिए । उनले चालु वर्ष दायर भएको अंश तथा सम्वन्ध विच्छेदको १ थान मुद्धा फछ्र्योट हुन बाँकी रहेको जनाए ।
अदालतमा गतवर्षको १ थान देवानी मुद्धा जिम्मेवारी सरेकाले चालु वर्षको २० थान देवानी मुद्धा गरी २१ थान देवानी मुद्धा थिए । अहिले अदालतमा अंशबण्डा १ र अंश र सम्वन्ध विच्छेद गरी २ थान देवानी मुद्धा अदालतबाट फछ्र्योट हुन बाँकी रहेको सूचना अधिकारी निल पनेरुको भनाई छ ।
मुस्ताङ अदालतको तथ्यांक अनुसार यसवर्ष सम्वन्ध विच्छेदको मुद्धा दोब्बरले वृद्धि भएको हो । सूचना अधिकारी पनेरुले अदालतमा आउने अधिकाँशले मिलापत्र गरी सम्वन्ध विच्छेद गर्ने गरेको बताए । १ थान सम्वन्ध विच्छेद भने अंश र सम्वन्ध विच्छेद जोडिएकाले अदालतबाट फछ्र्योट हुन बाँकी छ ।मुस्ताङमा सम्वन्ध विच्छेदको मुद्धा बर्सेनि वृद्धि हुनुको कारण बारे अदालतले स्पष्ट पार्न सकेको छैन । सूचना अधिकारी पनेरु भन्छन्,‘अदालतमा सम्वन्ध विच्छेदका मुद्धा आउँछन्, यो पारिवारीक बेमेल होकी भन्ने बुझाई हाम्रो ।त्यस भन्दा बाहिरको आन्तरिक कारण हामीलाई थाहै हुँदैन ।’
हिमाली जिल्ला मुस्ताङमा सम्वन्ध विच्छेदको मुद्धा वृद्धि हुनुको मूल कारण नेपाली मुलका विदेशी नागरिकसंग पून ः विवाह गरी विदेश जाने उद्देश्य रहेको जानकारहरु बताउँछन् ।बैवाहिक संम्वन्धमा जोडिएका दम्पतीहरु युरोप र अमेरिकामा बस्ने नेपाली मुलका नागरिकसंग विवाह गरी विदेश जाने बाटो रोज्न अदालती प्रमाण देखाउन सम्वन्ध विच्छेद गर्ने गरेको जानकारीको दावी छ । यसरी सम्वन्ध विच्छेद गर्न आउनेहरु कानुनी प्रक्रियामा सम्वन्ध विच्छेद गरेको प्रमाणित हुने भएपनि व्यवहारिक रुपमा सो सम्वन्ध विच्छेद कृतिम हुने गरेको जानकारीहरुको भनाई छ । तर,अदालत भने स्थानीय तहको वडा कार्यालयको सिफारिसको आधारमा सम्वन्ध विच्छेदको मुद्धा हेर्ने गरिएको अदालतका सूचना अधिकारी पनेरुले स्पष्ट पारे ।
पछिल्लो समय कानुनी विधि अपनाएर बिहे भईसकेकालाई संम्वन्ध विच्छेद गराएर विदेश लैजाने गिरोह सक्रिय रहेको जानकारहरुको बुझाई छ । यसरी नेपालबाट एक जनालाई डिफेन्डिङ भिसामा युरोप र अमेरिका लगेवापत ७० लाखदेखि १ करोडसम्म असुल्ने गरेको स्रोतको ठम्याई छ । यही परिपाटी कायमै रहेमा सम्वन्ध विच्छेदका मुद्धा बर्सेनी वृद्धि हुँदै जाने अनुमान गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता