नेपाल—चिन उत्तरी सीमाक्षेत्र अन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ १ ढालुङ र सेतारा माथिको चरनक्षेत्रमा ठुलो संख्यामा जंगली गधा (क्याङ) का बथान देखा परेका छन् । समून्द्री सतहको करिव पाँच हजार मिटरको लोमान्थाङ गाउँपालिका स्थित धालुङ उच्चलेंक र सेतारा लेंकमा जगली गधा (क्याङ)को बथान चर्दै गरिहेको अवस्थामा भेटिएको हो ।
जंगली गधा (क्याङ) सम्वन्धि सुक्ष्म अध्ययन गरिएका एक्याप लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलले लोमान्थाङ स्थित धालुङ र सेतारा उच्चलेंकमा जंगली गधा क्याङ चर्दै गरिरहेको अवस्थामा देख्नु भएको हो । प्रमुख पौडेलले दुई स्थानमा देखा परेका जगली गधाको क्यामेरामा समेत कैंद गर्नुभएको छ ।
कोरला स्थित नेपाल—चिन सीमाक्षेत्रबाट फर्किदै गरेको अवस्थामा धालुङ र सेतारा उच्चलेंकमा जंगली गधाहरुको बथान चर्दै गरेको अवस्थामा देखा परेको प्रमुख पौडेलले बताउँनुभयो । आफुले लोमान्थाङको धालुङ उच्चलेंकमा १०२ वटा र सोही स्थानको अर्को सेतारा उच्चलेंकमा १४ वटा गरी ११६ वटा जति जंगली गधा (क्याङ)को बथान देखेको जानकारी दिनुभयो ।
जंगल गधा सम्वन्धि अध्ययन अनुसन्धानकर्ताका अनुसार जंगली गधाको बासस्थान हिमायन ट्रान्स हिमालयन (तिब्बत÷मुस्ताङ) क्षेत्रमा रैथान संयुक्त बाँसस्थान रहेको बताईन्छ । दुर्लभ स्तनधारी जंगली गधा (क्याङ)को मौसम अनुसार बाँसस्थान तय हुने प्रमुख पौडेलको भनाई छ । हिउँदयामको ८ महिना तिब्बती पठारमा बर्खायाममा गर्मी सुरु हुँदा चार महिना उपल्लो मुस्ताङ क्षेत्रको उच्चलेंकमा बाँसस्थान बनाउने गरेको प्रमुख पौडेलको भनाई छ ।
तिब्बतको पठारमा बढी समय बिताउने गरेका यसप्रकार जंगली गधाहरु अप्रिल, मे र जुन महिनामा बाँसस्थान परिवर्तन गरी उपल्लो मुस्ताङका उच्चलेंकमा प्रवेश गर्ने गरेका हुन्छन् । तिब्बत र मुस्ताङको क्रस बोर्डरमा बस्ने जंगली गधाहरु बढी समय तिब्बती पठारमा बिताउने गरेको प्रमुख पौडेलको भनाई छ । चिनसंग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सीमाक्षेत्रको चरनक्षेत्रमा मौसम अनुसार जंगली गधाको संख्या देखिने गरेको छ ।
चिसो याममा तिब्बती पठार र गर्मीयाममा उपल्लो मुस्ताङका चरनक्षेत्रमा देखिने जंगली गधाहरु हावापानी र आहारा पछ्याउँदै नेपाल प्रवेश गर्ने गरेका हुन्छन् । गर्मीयाममा तिब्बती पठारबाट घाँसको आहारा निस्किने जंगल गधाहरु साउन महिनापछि पुरानै बाँसस्थान तिब्बततर्फ फर्किने गरेको प्रमुख पौडेलको भनाई छ ।
यसअघि क्यामेरा ट्यापिङ गरी प्राविधिक रुपमा जंगली गधाको संख्या एकिन गर्ने गरिएको भएपनि यतिठुलो संख्यामा बिना उपकरण भौतिक रुपमै देख्न अवसर प्राप्त भएको प्रमुख पौडेलले बताउनुभयो । तिब्बत र उपल्लो मुस्ताङलाई संयुक्त बाँसस्थान बनाएर बस्ने गरेका जंगली गधा (क्याङ)को संख्या पत्ता लगाउन यो याम उपयुक्त समय भएकाले खोज अनुसन्धाकर्तालाई निकै सहज हुने उहाँको भनाई छ ।
यसअघि सन् २००४ मा गरिएको जंगल गधाको अध्ययनमा उपल्लो मुस्ताङमा ३७ वटा संख्या देखा परेको थियो । जलवायु परिवर्तनका कारण यसप्रकारका जंगली गधाहरु मौसम अनुसार तलमाथि गर्ने गर्छन । यो याममा उपल्लो मुस्ताङका सीमावर्ती उच्चलेंकमा हरियो घाँस पलाईसकेकाले जंगली गधाहरु आहारको खोजीमा नेपाल प्रवेश गरेका हुन् ।
जंगली गधाको शरिर खैरो÷हरियो रातो र पेटतीरको भाग सेता रंग हुन्छ । यसका खुट्टाहरु लामो लामो र सिधा उभिने शैलीको छिटो कुद्न सक्ने क्षमता राख्दछ । जंगली गधा एशियाकै सबैभन्दा ठुलो स्तनधारी प्राणी हो ।
सुख्खा पठार,चिसो । खुल्ला मैदान क्षेत्रको समून्द्री सतहको ४००० मिटरदेखि माथिको उचाईमा यसको बाँसस्थान रहने गरेको छ । घाँसे मैदान,सानो झाँडी भएको स्थानलाई जंगली गधाले बासस्थान तय गर्ने गर्छ । यसले घाँस,स—साना बोट बिरुवा र जटिबुटीलाई मुख्य आहारा बनाउने गर्छ । यसले पानी नभएको ठाउँमा समेत बाँच्नसक्ने सामथ्र्यता राख्दछ ।
समूहमा बस्ने,छिटो छिटो कुद्ने र सतर्क रहने जंगली गधाको मुख्य विशेषता हो । जगली गधाका लागि जलवायु संकट र मानव गतिविधि मुख्य चुनौतिका रुपमा लिने गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली