उत्तर÷दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला)सडक आयोजना अन्तर्गत पाँच वटा पुल निर्माणको बहुवर्षीय योजनाका लागि छयानब्बे करोड ८० लाख बजेट बराबरको स्रोत सहमति भएको छ ।मालढुंगा —बेनी र बेनी—जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि नेपाल सरकार अर्थमन्त्रालयले उक्त बजेटको स्रोत सहमति गरेको हो ।
यसअघि कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडक आयोजना मार्फत राष्ट्रिय योजना आयोगमा सिफारिस गरिएका पाँच पुलको बजेट स्रोत सहमतिका लागि संघीय सरकारको अर्थमन्त्रालयलाई राष्ट्रिय योजना आयोगत गत बैशाख गते सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले स्रोत सहमति गरिएको पत्र बुधबार राष्ट्रिय योजना आयोग र भौतिक पूर्वाधार तथा सहरी विकास शाखालाई पठाएको हो ।
बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्वन्धि (पहिलो संशोधन)मापदण्ड २०८२ को दफा ४ को उपदफा २ र दफा ७ को खण्ड (ग) बमोजिम प्रचलित कानुन र स्वीकृत मापदण्ड अनुसार खर्च गर्ने गरी मंगलबार कोरला सडकमा बहुवर्षीय पुल निर्माण योजनाका लागि मन्त्रीस्तरीय निर्णय भएको बेनी—जोमसोम—कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
आयोजनाका अनुसार अर्थमन्त्रालयबाट बजेटको स्रोत सहमति भएसंगै पक्की पुल नभएका स्थानमा पुल निर्माणको बाटो खुलेको हो । आयोजनाका अनुसार कोरला सडक अन्तर्गत पर्वत—म्याग्दी जोड्ने बेनी स्थित कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ स्थित रुप्से झरनामा पक्की पुलको बहुवर्षीय स्रोत सहमति भएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो ।
यसैगरी कोरला सडक अन्तर्गत मुस्ताङखण्डमा बाँकी पाँच मध्ये तीन वटा पक्की पुल निर्माणको स्रोत सहमति भएको हो । आयोजना प्रमुख शर्माका अनुसार बेनी—जोमसोम ७४ किलोमिटर सडकको थासाङ—२ स्थित सुनखोला र घट्टे खोलाको बेलिब्रिज रहेको स्थानमा पक्की पुल निर्माण हुनेछन् । यस्तै थासाङ गाउँपालिका—१ टुकुचे स्थित थापाखोलाको बेलिब्रिज रहेको स्थानमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो ।
कोरला सडक आयोजनाका अनुसार स्रोत सहमति भएका पाँच वटा पुलको एक महिना भित्रै ठेक्का प्रक्रियामा लगिने योजना रहेको प्रमुख शर्माले उल्लेख गर्नुभयो ।
उत्तर÷दक्षिण जोड्ने कोरला सडक आयोजना अन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण सम्पन्न भईसकेको आयोजनाले जनाएको छ । कोरला सडक अन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणधिन पुल अन्तिम चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली