जोमसोम—हिमाली जिल्ला मुस्ताङ पर्यटन व्यवसायका साथै पशुपालन व्यवसायको पनि मुख्य हब हो । यहाँका किसानले याकचौरीका साथै च्यांग्रा पालन व्यवसायलाई पनि मुख्य व्यवसायको रुपमा अपनाउँदै आईरहेको पाईन्छ ।
कोरना कहर अघि उपल्लो मुस्ताङका च्यांग्रा पालक व्यवसायी किसानले आफुले उत्पादन गरेको च्यांग्राको पश्मिनाको भुवा कोरलानाकातर्फको तिब्बततर्फ निर्यात गथ्र्ये ।तर, कोरना कहरको जोखिम देखाउँदै चीनले कोरलानाका एकतर्फी बन्द गरेपछि सीमावर्ती क्षेत्रका च्यांग्रा पालक किसानको पश्मिना बिक्री हुन छोड्यो । नाका बन्द भएको र पश्मिना समेत बिक्री हुन छाडेपछि त्यहाँका च्यांग्रा पालक किसान समस्यामा परे ।
कोरलानाका बन्द हुँदा त्यहाँका च्यांग्रा पालन व्यवसायनै संकटमा पर्न थालेपछि नेपाल पश्मिना उद्योग संघको ध्यान मुस्ताङतर्फ प¥यो । यसकार्यमा सघायो युरोपियन युनियन (आईसीटी)ले । हिमाली क्षेत्रका च्यांग्रापालक किसानले उत्पादन गरेको पश्मिनाको भुवा (उन)लाई स्वदेशभित्रैनै उचित मूल्यमा बिक्री वितरणको सुनिश्चिता गर्ने पश्मिना उत्पादन वृद्धि गर्ने उद्देश्य लिएर पश्मिना संघ र आईसीटी टोलीले मुस्ताङमा च्यांग्राको पश्मिनाको भुवाको गणस्तर मापन गर्ने कार्य अघि बढायो ।
टोलीले २०८०को चैत्र ८देखि १२ गतेसम्म मुस्ताङका ४ पालिकामा पश्मिनाको भुवा संकलन गर्ने तालिम संञ्चालन ग«¥यो । त्यस लगत्तै टोलीले घरपझोङ,वारागुङ, लोघेकर र लोमान्थाङ गाउँपालिकामा च्यांग्राको भुवा परीक्षण सम्पन्न ग¥यो ।
नेपाल पश्मिना उद्योग संघ तथा युरोपियन युनियनको प्राविधिक टोलीले जिल्लाको ४ वटा स्थानीय तहमा गरी कुल ८ सय च्यांग्राको पश्मिनाको भुवाको नमुना संकलन गरी मंगोलियाको प्रयोगशालामा पठायो ।
मुस्ताङमा संकलित च्यांग्राको पश्मिना भुवा नमूनाकोे प्रयोगशालाबाट प्राप्त नतिजा र गुणस्तरीय भुवा उत्पादन गर्ने सुझाव प्रस्तीकरण दिन संघ र आईसीटी टोली मुस्ताङ आईपुगेका हुन् । पश्मिना उद्योग संघबाट प्रतिनिधि अनुप श्रेष्ठ , सन्तोषप्रसाद अधिकारी र ईन्टनेशनल ट्रेड सेन्टर (आईसीटी)बाट परामर्शदाता सिचन श्रेष्ठ र जम्बु कश्मिरका पशु चिकित्सक एवं परामर्शदाता डा. सर्फराज वानीसहितको टोली मुस्ताङ आएको हो ।

टोलीले च्यांग्राको नमूना भुवालाई प्रयोगशालामा गरिएको नतिजा सार्वजनिक गर्न र विभिन्न सुझाव पेश गर्न बुधबारदेखि घरपझोङ गाउँपालिका हुँदै लोमान्थाङ गाउँपालिकासम्म किसानसंग प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गर्दै पश्मिनाको भुवा संकलन कायंयोजना निर्माण गर्न जुटेका छन् ।
घपझोङ गाउँपालिकामा आयोजित च्यांग्राको भुवा नमूनाको प्राप्त नतिजा र गुणस्तरीय सम्वन्धमा किसानलाई जानकारी गराईएको ईन्टनेशनल ट्रेड सेन्टर (आईसीटी)का परामर्शदाता सिचन श्रेष्ठले जानकारी दिए । उनले एक वर्षअघि मुस्ताङमा संकलन गरिएको पश्मिनाको नमूना भुवाको गुणस्तरीय नतिजाका बिषयमा प्रस्तुतीकरण गरे ।
एक वर्षअघि मुस्ताङमा संकलन गरिएको च्यांग्राको पश्मिना भुवाको गुणस्तरीय नतिजा सार्वजनिक गर्दै आइसीटीका परामर्शदाता सिचन श्रेष्ठले मुस्ताङमा ८ सय वटा च्यांग्राको पश्मिना भुवाको प्रयोगशालामा परीक्षण भएको बताए । उनका अनुसार यहाँबाट संकलन गरिएको ८ सय च्यांग्राको पश्मिना भुवाको मोटाई र ४ सय वटा च्यांग्राको पश्मिना भुवाको लम्बाईको गुणस्तर परीक्षण भएको बताए । ‘हामीले यसअघि संकलन गरिएको नमूनाको पश्मिना उत्पादनको प्रतिशत र यसको तथ्याङक सार्वजनिक गर्न स्थानीय स्तरमा आएका हौं,रिपोर्टमा जे देखिएको छ, त्यो किसानलाई सुनाउँछौं,’उनले भने,‘यसबाट च्यांग्रा पालनलाई व्यवस्थित र गुणस्तरीय कायम गर्न अपनाउन पर्ने विधि र प्रक्रियाका बारेमा सुझाउने छौं ,हामीसंग दुई जना चिकित्सक पनि आएका छन् ।’ उनले मुस्ताङबाट संकलन गरिएको पश्मिना भुवाको प्रयोगशालामा राखेर यसको तत्व पहिचान गरिएको बताए ।
मुस्ताङमा कोराना कहरको समयकाल देखी पश्मिनाको भुवा संकलन गर्न थालिएको थियो । सुरुवाती वर्षको पहिलो पटक सन् २०२१ मा मुस्ताङमा १ करोड २३ लाख बराबरको पश्मिना भुवा संकलन भएको थियो । तर, पछिल्लो समय सन् २०२३ मा मुस्ताङमा जम्मा ४१ हजार बराबरको मात्र पश्मिना भुवा संकलन भएको लोमान्थाङका च्यांग्रा पालक व्यवसायी एवं पश्मिना भुवाको प्रशोधन कम्पनीका सियर सदस्य छिरिङ वाङ्दी गुरुङले जानकारी दिए । उनका अनुसार लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ८९० केजी र वारागुङ मुक्तिक्षेत्रमा २३ केजी भुवा संकलन भएको बताए । पश्मिना संकलन गर्दा डोल्पाबाट पनि २० केजी भुवा संकलन भएको उनको भनाई छ ।
एउँटै च्यांग्राबाट २ सय ग्रामसम्म पश्मिनाको भुवा उत्पादन गर्न सकिने कार्यक्रममा बताईएको छ । च्यांग्राको सेतो पश्मिना भुवाको मुल्य ५ हजार, सामान्य स्तरको पश्मिना भुवाको मुल्य ४हजार ५ सय र धुलो फोहोर र माटो मिश्रण भएको पश्मिनाको भुवाको मुल्य ३ हजार ५ सयमा किसानबनट खरिद गर्ने गरिएको बताईएको छ ।
कार्यक्रममा घरपझोङको च्यांग्रा पालक किसानहरुले यहाँको च्यांग्रा पालन व्यवसायमा निकै चुनौती रहेको बताए । जलवायु परिवर्तनका कारण चरनक्षेत्रको अभाव र वन्यजन्तुको जोखिम बढेकोप्रति चिन्ता व्यक्त गरे । उनीहरुले पशु बिमाको व्यवस्था गर्न समेत सम्वन्धित निकायको ध्यानार्कषण गराएका छन् । जलवायु परिवर्तनको प्रभावका कारण वातावरणमा परेका असरले च्यांग्राहरुमा विभिन्न रोग संक्रमण देखा परेको ,हिउँचितुवा र अन्य वन्यजन्तुहरु र मानवबीच द्धन्द बढेकाले यसलाई न्यूनिकरण गर्न बैज्ञानिक कार्ययोजना निर्माण हुनुपर्नेमा जोड दिए ।
नेपाल पश्मिना उद्योगसंघ र आईसीटीले २०७९÷०८० मा गरेको वर्षअघि गरेको सर्वेक्षणमा मुस्ताङमा जिल्लाको ४ स्थानीय तहमा १५५ जना किसानले च्यांग्रा पालन गरेको देखिन्छ । यसैगरी यहाँ ४ हजार ७४२ वटा च्यांग्रा पालन गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता